कार्तिक २५ गते २०७९

कास्की सार्दिखोला समाज कतार द्वारा विध्यार्थीहरुलाई पोशाक वितरण


मन प्रसाद रानामगर
दोहा, कतार

कतारमा कार्यरत कास्की माछापुच्छ्रे गाउपालिका वडा नं २, सार्दिखोलाका मनकारी दाजुभाइ दिदिवहिनिहरुले श्री कृष्ण महादेव आधारभुत विद्यालय खैम्राङमा अध्ययनरत ४५ जना विध्यार्थिहरुलाई ७२००० रुपैया वरावरको जाडो महिनालाई मध्यनजर गरेर विद्यालय पोशाक वितरण गरिएको छ । वडा भित्रै अली दुर्गम स्थानमा रहेको उक्त विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुलाई जाडो मौसममा विद्यालय पुगेर सहज बातावरणमा अध्ययन गर्न सहज रहोस भनेर पोशक वितरण गरिएको हो । सन २०१२ मा स्थापना भएको कास्की सार्दिखोला समाज कतारले स्थापनाकाल देखी नै विभिन्न शिर्शकमा सहयोग गर्दै अाइरहेको सर्वव्यतितै छ । कतारको नेपाली समुदाय माझ विविध ताम्झामका साथ प्रस्तुत नहुने संस्था र समाजको रुपमा सार्दिखोलेहरुले फरक पहिचान वनाइरहेको छ ।
श्री कृष्ण महादेव आधारभूत विद्यालयमा अध्यनरत ४५ जना विद्यार्थीहरुलाइ कास्की सार्दिखोला समाज, कतारले एक थान टिसर्ट, एक थान ट्राक्सुट, एक थान जुत्ता मोजा वितरण गरिएको थियो । उक्त कार्याक्रममा समाजको अध्यक्ष श्री पार्सिङ तामाङ , सस्थापक उपाध्यक्ष श्री खुशिमान परियार, पुर्व उपाध्यक्ष श्री कपुरमोहन तामाङ, पुर्व सह-सचिब श्री टिकाराम गिरि, सदस्यहरु श्री शंकर गिरि, श्री दयाराम बास्तोला, श्री दयाराम आचार्य तथा वर्तमान सचिवको श्रीमती तथा महिला प्रतिनिधि श्री समिक्षा भुजेलको उपस्थितिका माझ बि ब्य स अध्यक्ष श्री इन बहादुर तामाङ, शि अ सघको अध्यक्ष श्री अमृत तामाङ , खैम्राङ टोलको अध्यक्ष श्री बम बहादुर तामाङ, शान्तीपृय आमा समुहको अध्यक्ष श्री नानिमाया तामाङ , अभिभावक, शिक्षक, कर्मचारीको रोहावरमा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो ।
वितरण कार्यक्रमको अन्त्यमा, अध्यक्ष श्री पार्सिङ तमाङले आफु स्वदेश वार्शिक विदामा रहंदाकै पल र आफ्नो जन्मस्थानमा भएको यस पुण्य कार्यमा उपस्थित हुन पाउदा खुशी र गर्व महसुस गर्दै कतारमा बैठक बसेर निर्णय गरी आर्थिक व्यवस्थापन गर्नुहुने कार्यवाहक अध्यक्ष, प्रमुख सल्लाहकार, सल्लाहकार, कार्यसमिती पदाधिकारी र सवै सार्दिखोले दाजुभाइ दिदिवहिनिहरुलाई धन्यवाद व्यक्त गर्दै उपस्थित महानुभावहरुलाई पनि धन्यवाद व्यक्त गर्नुभयो ।