कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् विश्वभरीका कस्केली खोजि अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मूल नाराका साथ स्थापित सन २०१७ मा स्थापना भएको सस्था कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद”नेपाल ले आफ्नो नारा अनुसार विश्व का विभिन्न देशमा बस्ने कस्केली दाजुभाइ तथा दिदिबहिनी नेपाली हरुलाइ एउटै सुत्र मालामा बाध्ने र परोपकारी सामाजिक कार्यगत लागि हात अगाडी बढाउन मुख्य उदेश्य डेन्मार्क बस्ने कस्केली दाजुभाइ दिदीबहिनीको हरुको विशेष भेला ले २७ नोभेम्बर 2022 का दिन डेनमार्क को राजधानी कोपेनहेगन स्थित नेपाली भान्छा घर मा एक विशेष समारोह बिच श्री अध्यक्ष मंगल बहादुर परियार ज्यु को नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति रहने गरि कास्की आदर्श समाज, डेनमार्क गठन गरेको छ उपाध्यक्ष : रमेश घिमिरे क्षेत्री उपाध्यक्ष : सबिता अधिकारी महासचिव: कृष्ण गिरि सचिव : सन्जिव भण्डारी कोषाध्यक्ष : अन्जना क्षेत्री सदस्य : लिला रानाभाट सदस्य: सन्जु बर्देवा सदस्य: पवन रानाभाट रहेका छन भने कार्यक्रम प्रमुख अतिथी कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष श्री सीता देवी बास्तोला बराल रहनु भएको थियो भने निर्वाचित मंगल बहादुर परियार ज्यु ले आफ्नो धारण राख्दै बिदेश भुमीमा बसेर पनि आफ्नो जिल्ला रहेको सामाजिक कार्य को जिम्मेवारी पाउँदा अत्यन्तै आफुलाइ खुशी लागेको र आगामी दिनमा सस्थालाई अजै ससक्त ढंगले अगाडी लैजाने प्रण पनि ब्यक्त गर्नु भएको छ। भने प्रमुख अथिती बराल ले आफ्नो भनाइ राख्दै कास्की आदर्श समाज कस्केली हरुको सबैको साझ सस्था भएको ले येसमा सबैको उतिकै हक अधिकार रहेको यो सस्था नितान्त सामाजिक सस्था भएकोले यो सस्थाले गर्ने हरेक कार्यहरु सामाजिक रहने सबै कस्केली बिश्वभरी बस्नु हुने सबैको साझा सस्था रहेको बताउनु भएको निर्वाचित सम्पुर्ण सदस्य हरुलाइ बधाई तथा सफल कार्यकाल को सुभकामना ब्यक्त गर्नु भएको थियोे भने त्यस्तै गरि केन्द्रीय सल्लाहकार राधाकृष्ण अधिकारी ले पनि आफ्नो धारणा राख्दै नब निर्वाचित पधाधिकारी हरुलाइ सफल कार्यकाल को सुभकामना ब्यक्त गर्नु भ थियो। करिबकरिब ४घन्टा चलेको उक्त कार्यक्रम कस्केली तथा गैर कस्केली हरुको समेत बाक्लो उपस्थित रहेको थियो भने कार्यक्रम अन्तमा उपस्थिति सबैलाइ धन्यवाद दिदै निर्वाचित अध्यक्ष ज्यु ले कार्यक्रमको समापन गर्नु भएको थियो ।
सौरमासअनुसार साउनको चौथो सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन्...
Read More
प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध दायर गरेको मुद्दाहरूमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन,...
Read More
सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार गर्ने निर्णय गरेको हो ।...
Read More
महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन् । बिरामीको उपचारमा सघाउ पु¥याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन् । महिला...
Read More