मंसिर २४ गते २०७९

चम्पावती हाईड्रोमा आगजनी

लमजुङ्गको राईनास नगरपालिकामा रहेको चम्पावती हाईड्रोमा स्थानियले आगजनी गरेका छन । पाउवहाउस र्निमाण भएपछि राईनासटार सिचाई आयोजना प्रभावित हुने भन्दै केही दिन देखि बिरोधमा उत्रिएका स्थानिय सिचाई उपभोक्ताहरुले पावरहाउसको सम्प्र्क कार्यलय तथा र्निमाणस्थलमा आगजनी गरेको बताइएको छ । आगजनी बारे पावरहाउसले अमर्यादित र अपराधिक कृयाकलाप भएको टिप्पणी गरेको छ । प्रशस्ता छलफलका आधारहरु बाँकी हुदा हुदै र आफुहरुले स्थानियले भने अनुसार नहरलाई असर गर्ने कार्य नहुने पटक पटक प्रतिबद्धता जनाउदा जनाउदै पनि केही ब्याक्तिको उक्साहटमा यस्तो कार्य भएको हाईड्रो पावर सञ्चालक समितीका अध्यक्ष हरेराम पराजुलीले बताए । स्थानियका अनुसार यसअघि धेरै पटक नहरलाई पार्ने समस्याको बारेमा निश्चीत भएर मात्र थप काम अगाडी बढाउन पावरहाउसलाई अनुरोध गरेपनि अटेर गरेको बताएका छन । करिव १२ सय हेक्टर जमिन सिचाई हुने नहर पावरहाउस सुरु भएपछि संकटमा पर्ने भन्दै स्थानिय उपभोत्ताहरुले बिरोध गर्दे आएका छन ।