पौष १४ गते २०७९

गण्डकी प्रदेशसभा सदस्यको सपथ ग्रहण हुदै

गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् । ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् । यो संगै सत्तागठबन्धनले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री नियुत्त गर्नको लागि दावि पेश गर्ने तयारी सुरु गरेको छ ।