युवा व्यवसायी सोसिभ भुर्तेलले खोले रिभर बैंक इकोरिर्सोट
गण्डकी सन्देश सम्वाददाता
लेखनाथमा रिभर बैंक इकोरिर्सोट सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायी सोसिभ भुर्तेलले उक्त रिर्सोट सञ्चालनमा ल्याएका हुन् । पोखरादेखि २५ मिनेटमा पुगिने रिर्सोट पोखरा २८ स्याङ्खुदी लेखनाथमा अवस्थित छ ।
गाउँकै अर्गानिक खाना उपलब्ध गराउने गरी रिर्सोट सञ्चालनमा ल्याएको भुर्तेलले बताए । लोकल कुखुरा, लोकल खसी र माछाका पारखीहरुलाई रिर्सोट उपयुक्त हुने भनाइ उनको छ ।
करिब एक करोड लगानीमा सञ्चालनमा आएको रिर्सोटमार्फत पोखराको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास उनले लिएका छन् । रिर्सोटको वरिपरि शान्त वातावरण छ । ‘सहरदेखि केही पर गाउँमा बस्न जान चाहनेहरुका लागि रिभर बैंक इकोरिर्सोट रोजाइमा पर्न सक्छ,’ उनले भने । सुलभ दरमा आनन्ददायी बसोबासका लागि स्याङ्खुदी आउन उनको आग्रह छ । रिर्सोटको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र महासचिव भूपेन्द्रराज सुवेदीले उदघाटन गरेका थिए । उदघाटन गर्दै अध्यक्ष आत्रेयले आर्थिक मन्दीको समयमा पनि रिर्सोट सञ्चालन गर्नु नै हिम्मतको काम भएको उल्लेख गरे । उनले युवाहरु अब विदेश होइन स्वदेशमा नै केही गर्ने उद्देश्य बोकेर आउनुपर्ने धारणा राखे ।
विदेश नगएर स्वदेशमा नै केही गर्ने उद्देश्यसहित आफू व्यवसायी क्षेत्रमा लागि परेको भनाइ उनको छ । ‘पछिल्लो समय हामी जस्ता युवाहरु घरदेश छाडेर परदेश जाने बाध्यता बढ्दो छ । तर मैले त्यसो गरिनँ । सानै भए पनि पोखराको न्युरोडमा फुडबैंक सञ्चालनमा ल्याएँ । अहिले रिर्सोट सञ्चालनमा ल्याएको छु । विदेश जाने सोच छैन । आशा छ सबैको माया रिर्सोटलाई मिल्नेछ ।’ सरकारले पनि युवाहरुलाई व्यवसायमा आकर्षण गराउन सबल नीति निर्माण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । रिभर बैंक इकोरिर्सोटको निरन्तरताको कामना गर्दै लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुको हितमा काम गरिरहेको उनले बताए ।
२२ असोज, काठमाडौं । विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको यल्लाे प्यागाेडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन...
Read More
एजेन्सी– बैंस छ, उमेर छ अनि रुप पनि छ तर, विडम्बना शहर भरी चहार्दा पनि विहेका लागि केटा नै पाइँदैन । यो समस्या ब्राजिलको नोइभा डो कोर्डेरियोका युवतीहरुको हो...
Read More
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा...
Read More
काठमाडौं: पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन...
Read More