चैत्र २१ गते २०७९

कास्की आदर्श समाज कतारले गर्यो अक्षयकोषको स्थापना 

सन्तोष तिमिल्सिना काठमाडौ

“कास्की आदर्शको चाहना सब्य र सम्बृद समाजको स्थापना ” भने मूल नाराका साथ सन् २००२ मा स्थापना भयको कास्की आदर्श समाज कतारले फरक  क्षमता भयका बिद्यार्थीको निमित्त अक्षयकोषको  स्थापना गरेको छ / सिर्जना बहिरा आबसिय म। बि लेखनाथ मा आज मिति २०७९ चैत्र २१ मा  कार्यक्रम गरि   अक्षयकोषको स्थापना गरेको छ / कार्यक्रम कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटाको सभापतित्वमा र सिर्जना बहिरा आबसिय मा बि लेखनाथका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भयको थियो / कार्यक्रममा कास्की आदर्श समाज कतारका सस्थापक तथा पूर्व कोषाध्यक्ष खिमबहादुर कार्की ,शिबराज आधिकारी सस्थाका वर्तमान बरिस्ठ उपध्यक्ष सुरज रानाभाट पूर्व अध्यक्ष विश्वबन्धु थापा पूर्व उपाध्यक्ष मन बहादुर कुवर बाबुराम थापा सम्झना गुरुङ सुनिता सुबेदी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो तेस्तै बिद्यालयको तर्फबाट प्रा अ  अनिता सिग्देल, सुनिल भण्डारी, गौरी पाइजा ,अम्बिका गौतम सुजिता बराल,पत्रकार भिम बराल लगायत बिद्यालयका कर्मचारी र प्राध्यापक बिद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो /
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै विद्यालयको तर्फबाट स्वागत मन्तब्य सहित विद्यालयका बारेमा प्र अ अनिता सिग्देल
ले बिद्यालयमा अहेले सम्म अक्षयकोषको स्थापना नभयको पहिलो पटक कास्की आदर्श समाज कतारले स्थापना गरेर उदारहदिया कार्य गरेको मा हार्दिक धन्यबाद ब्यक्त गर्नुभयको थियो / अहिले बिद्यालयमा ४६ जिल्ला का २४१ बिद्यार्थी अध्यन गरिरहेको जानकारी गराउनु भयको थियो /२४१ बिद्यार्थी मध्ये २०० बिद्यार्थीहरु छात्राबासमा बसी अध्यन गरिरहेको पनि जानकारी गराउनु भयको थियो /
तेसै गरि  आफ्नो मन्तब्य राख्ने क्रममा शिक्षक  प्रतिनिधि सुनिल भण्डारीले पनि अक्षयकोषको स्थापना गर्नु भयकोमा सस्थालाई धन्यबाद सहित ब्यबस्स्थित तरिकाले संचालन गर्ने र सस्थाको पनि जिबन्तकाल सम्म नाम रहिरहन पर्नेमा हामीहरुको साथ् रहने कुराहरु ब्यक्त गर्नुभयो
बिध्यालय ब्यबस्थापन समिति सदस्य अम्बिका गौतमले पनि मन्तब्य राक्नु भयो थियो
सस्थाको तर्फ बाट सस्थाका बरिस्ठ उपध्यक्ष सुरज रानाभाट र सस्थापक तथा पूर्व कोषाध्यक्ष शिबराज अधिकारीले सस्थाको गतिबिधि र सस्थाको तर्फ बाट अक्षयकोषको समिति निर्माण गरियको जानकारी गरायका थिय जसमा ७ सदस्यसमिति रहने गरि  संयोजकमा तिलक शालि सापकोटा सह संयोजक खेम बहादुर कार्की सचिब विश्वबन्धु थापा कोषाध्यक्ष,शिबराज अधिकारी सदस्यमा पदेन रहने गरि सस्थाको अध्यक्ष अग्निधर देवकोटा सदस्य मन बहादुर कुवर र बाबुराम थापा रहेको जानकारी गराउनु भयको थियो /
कार्यक्रमका प्रमुख आतिथि प्रकाशलाल श्रेष्ठले आफ्नो मन्तब्य राख्दै .कास्की आदर्श समाज कतार को कारणले नै गर्दा  बिश्व का १४भन्दा बढी देशमा कास्की आदर्श समाज सस्था खोल्न सफल भएको उक्त सस्थाले समाजिक कार्यमा दिन दुखि गरिब हरुलाइ मानवीय सेवामा काम गर्दै आएको भन्दै आज यो सबै देन कास्की आदर्श समाज कतारको कारणले गर्दा नै भएको उल्लेख गर्नु भएको थियो भने आफु अहिले बिधालय ब्यवास्थापन समिती अध्यक्ष रहेको बेला आफुले गर्न सक्ने काम गर्ने सहयोग योगदान गर्ने भन्दै यो पुन्य कार्यमा सहयोग गर्नु भएकोमा कास्की आदर्श समाज कतार अध्यक्ष श्री अग्नि देबेकोटा ज्यु लगाएत सम्पुर्ण कास्की आदर्श समाज कतार् मा आबद्ध साथिहरुलाइ धन्यवाद ब्यक्त गर्नु भएको थियो भने । कार्यक्रम को अन्तमा सभापतिले अन्तमा कार्यक्रम का सभापति कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देबकोटाले सस्थाको परिचय र सस्थाले गर्ने कार्यका बारेमा र सहयोग रकम थोरै भय पनि सस्थाले गोरेटो बाटोको निर्माण गरेको र आबस्यक परेको खण्डमा आगामी दिनमा सस्थाले उक्त रकमलाई थप गर्दै जाने पनि बताएका थिएअहिले नेपाली रुपैयाँ एकलाख को कोष शुरुआत गरेको भन्दै उक्त पुन्य कार्यको लागि आफ्नो ब्यस्त समयको बाबजुद पनि समय निकालेर उपस्थित ज हुनु हुने सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्दै बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रोबरमा बिद्यालय प्र अ लाई नेपाल रुपैयाँ १०००००/- एक लाख को चेक हस्तान्तरण गर्दै कार्यक्रमको समापन गरेका थिए कार्यक्रम सन्चालन सस्थाका पूर्व अध्यक्ष श्री विश्वबन्धु थापाले गरेका थिए ।