वैशाख १७ गते २०८०

सिवाईसी ले दियो बित्तीय साक्षरता कार्यक्रम , लघुबित्तको बास्तबिकता नबुझी हल्ला गरियो : डोलिन्द्र प्रसाद शर्मा

लघुबित्तले घरबास उठायो भनेर हल्ला गर्नेहरुले सदस्यहरु संग पुगेर बास्तबिता बुझ्न सिवाईसि नेपाल लघुबित्त बित्तिय सस्था नेपालका प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्माले चुनौती दिनुभयो । लघुबित्तका माध्यमबाट समाजमा आएको परिबर्तनका बारेमा बुझ्न सक्ने बाताबरण नभएकाले यस्तो परिस्थिती बनेको उहाँको भनाई थियो । बाहिर हल्ला गरेको जस्तो कुनै पनि बित्तीय सस्थामा नभएको उहाँको दाबि थियो । सरल र सहज ढंगबाट जनतामा आर्थिक अबस्था देखि सामाजिक अबस्थाको सुधारका लागि भएका कामहरुबारे गरिएको निराधार कुराको पछि नलाग्न उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सहभागि महिलाहरुले लघुबित्तका कारण आफुहरुको जिवनमा आएको परिबर्तनका बारेमा अनुभव सुनाएका थिए । नेपाल सरकारको प्रचलित नियम अनुसार सञ्चालनमा आएका लघुबित्तले कुनै पनि अबस्थामा बदमाशी गर्न नसक्ने सो अबसरमा जिकीर गरीएको थियो । सिवाई ले महिलाहरुलाई उद्यमशिलता संबन्धी तालिम दिने, नेतृत्व बिकासका कार्यक्रमहरु सञ्चालन गर्ने मात्र नभई पेन्सन समेत दिने प्रभावकारी योजना ल्याएको छ । सबैलाइ एउटै डालोमा हालेर हल्लाको पछि लाग्नु भन्दा बास्तबिकता बुझेर जनतामा सुचित गर्न आबस्यक रहेको सो अबसरमा औल्याइएको थियो ।कार्यक्रममा सिवाईसि मा आबद्ध सदस्यहरु मध्ये बाट उत्कृष्ट सदस्यलाई पुरस्कृत गरीएको थियो । उत्कृष्ट ऋणी, उत्कृत बचत, उत्कृष्ट सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सस्थाको तर्फबाट सम्मान प्रदान गरिएको थियो । हालै मात्र मृत्यु भएको सस्थाको सदस्यको ऋण मिनाह, बचत तथा किस्ता फिर्ता र अन्तिम सस्कार खर्च पनि बितरण गरीएको थियो ।

आजभोली बजारमा लुघबित्तका बारेमा बिभिन्न कुराहरु बाहिर आईरहेका छन । लघुबित्तले ले घरबार बिहिन बनाउने, घरमा आगो लगाउने सम्मको काम गर्यो भन्ने कुरा बारे एक कार्यक्रमका बक्ताहरुले झुटो र कपोकल्पीत कुरा भएको बताएका छन ।
नेपालमा लघुबित्त प्रति बिभिन्न खालका बिषय सार्वजनिक भैरहेका बेला एक कार्यक्रममा सहभागिहरुले लघुबित्त बारे बिभिन्न धारणा सार्बजनिक गरेका छन । सिवाईसि लघुबित्त बित्तिय सस्था नेपाल ले लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजना गरेको एक कार्यक्रममा सहभागिहरुले नेपालको बित्तीय क्षेत्र खलबल्याउन गरिएको कु प्रचारमा नलाग्न सबैलाई आग्रह गरेका छन । बर्तमान समयमा लघुबित्तको भ्रम र यथार्थका बारेमा जनमानसमा थप सचेतनाको आबस्यक रहेको सो अबसरमा औल्याइएको थियो । सोही कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोईरालाले राज्यले गर्न नसकेको काम लघुबित्तले गरेको भन्दै बाहिर आएका बजार हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । जन्म देखि मृत्यु सम्म सिवाईसी नेपालले ल्याएको योजना प्रति आफु प्रभावित भएको सो अबसरमा मेयर कोईरालाले जानकारी गराउनु भयो । महिलाहरुलाई आर्थिक रुपमा शशक्त नभएसम्म जतिसुकै महिलो मुक्तीका कुरा गरेपनि अर्थ नहुने सो अबसरमा सहभागि सुन्दरबजार नगरपालिकामा वडाअध्यक्षहरुको भनाई थियो ।