श्रावण २४ गते २०८०

पृथ्वी राजमार्ग एकतर्फी तनहुँमा सडक भासिएपछि

तनहुँको व्यास नगरपालिकामा सडक भासिएपछि पृथ्वीराजमार्ग एकतर्फीमात्र सञ्चालन भएको छ ।

मंगलबार बिहान तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

सडक भासिएका कारण अहिले साना सवारीका लागि एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार बिहान करिब ११ बजे राजमार्ग भासिएको हो ।

उनले भने, ‘अहिलेलाई साना सवारी साधन एकतर्फी चलेको छ । ठूला सवारी क्रस हुने अवस्था अझै छैन ।’

देउरालीमा पृथ्वी राजमार्ग विस्तारको क्रममा सडकको तर्फ खनिएको थियो ।

विस्तारकै क्रममा रहेको सोही सडक अविरल वर्षाले भासिएको प्रहरीले जानकारी दिएको छ ।