भाद्र ६ गते २०८०

गजुरी दुर्घटना अपडेट : वडाध्यक्ष कँडेल भन्छन्– आठवटा शव निकाल्याैँ

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँबाट बस त्रिशुली नदीमा खस्दा अहिलेसम्म आठ जनाको शव निकालिएको वडाध्यक्ष द्राेण कँडेलले जानकारी दिए ।
उनका अनुसार २० जना घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ । ‘आठवटा शव निकाल्याैँ । २० जना जति घाइतेलाई अस्पताल पठायाैँ । पूरा विवरण एकछिनमा आऊला’, उनले भने, ‘हामी उद्धारमै छाैँ ।’
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशुली नदीमा सडकबाट नदीमा खसेको बताइएकाे छ