कास्की आदर्श अन्तराष्ट्रिय समन्वय परिषद्ले आफ्नो सातौं स्थापना दिवस मनायो ।।
गण्डकी सन्देश सम्वाददाता
सन्तोष तिमिल्सिना काठमाडौ
“विश्वभरीका कस्केली खोजि अभियान सम्बृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मूल नाराका साथ स्थापित कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद, नेपालको सातौ स्थापना दिवस कार्यक्रम हिजो सोमबार, ०९ अक्टोबर २०२३ कम दिन कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्, नेपालको केन्द्रिय कार्यलय पोखरा-२७ स्थित अर्घौचोक मा भौतिक रूपमा र जुम भर्चुल माध्यम बाट विश्वभरिका कस्केलीहरुको उपस्थितिमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सँस्था कि अध्यक्ष श्री सीता देबि बास्तोला बराल ज्युको सभापतित्व भएको थियोे भने कार्यक्रमको प्रमुख अतिथिमा सँस्थाका सँस्थापक अध्यक्ष श्री पूर्ण तिमिल्सिना ज्यु रहनु भएको थियोे भने विशिष्ट अथिति हरुमा
गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष श्री रबिना थापा लगाएत सस्थाका संरक्षक ज्यु हरु को सहभागिता रहेको थियो कार्यक्रम भौतिक र जुम भर्चुल मार्फत विश्व भरिबाट सँस्थाका सँस्थापक, आजिवन सदस्य, सल्लाहकार, संरक्षक, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो कार्यक्रम उद्घाटन प्रमुख अथिती ज्युले ब्यानर अनावरण गर्नु भएको थियोे भने भौतीक रूपमा नेपालमा सल्लाहकार श्री निरज थापा ज्युले दिप प्रज्वलन सहित सँस्थाको नाम अंकित केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियोे ।
कार्यक्रममा स्वागत मन्तब्य सँस्थाका उपाध्यक्ष श्री शान्तिदेवी अधिकारी ज्यु ले गर्नु भयको थियो भने शुभकामना मन्तब्य राष्ट्रिय कमिटिका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु, सँस्थाका संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, पूर्व पदाधिकारी ज्युहरु, नेपाल च्याप्टरका पदाधिकारी ज्युहरु, कार्यसमितिका पदाधिकारी ज्युहरुले आफ्नो आफ्नो धारणाका साथै शुभकामना ब्यक्त गर्नुभयको थियो ।
उक्त समारोहमा कास्की आदर्श समाज यूएई ले तयार पारेको जिल्ला सम्बन्धि गित कास्की गान सुनाएर सबैलाई आन्दित गरिएको थियो साथै भर्खर मात्रै इजरायल घटेको घट्ना मा १० जना नेपाली हरुले ज्यान गुमाउनु परेको पिडा लाइ मौन धारण गरि यस दुखद घडीमा मृतक हरु प्रति “कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल” परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक समवेदना प्रकट गरिएको थियो अन्य जिवित रहेका नेपाली हरुलाइ नेपाल सरकार सग समन्वय गरि उदाहर को लागि पहल गर्ने निणय पनि उक्त कार्यक्रम गरिएको थियो भने कार्यक्रमको संचालन सँस्थाका महासचिव श्री युवराज अधिकारी र उपमहासचिव श्री केदार कुँवरले गर्नु भयको थियो।
कार्यक्रमका प्रमुख अतिथिले सँस्था लाइ सबैले सहयोग गर्नु पर्छ नमिलेका बिधानका कुराहरु मिलायर लैजानु पर्दछ अन्य देशमा सँस्था बिस्तार गर्न जोड्दिनु भएको थियो र सँस्थालाई क्रियासिल बनाउन पर्दछ भन्दै सम्पूर्णमा शुभकामना ब्यक्त गर्नु भयको थियो । कार्यक्रम अन्तमा सभापतिले ज्यु ले उपस्थित सम्पूर्ण लाई धन्यवाद दिदै कार्यक्रम सफल बनाउन अहोरात्र खट्नुहुने भौतिक , नैतिक रुपमा साथ सहयोग गर्नुहुने विभिन्न माध्यम साथ सहयोग गर्नु हुने सबैलाई धन्यवाद का साथमा आभार सहित शुभभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयको थियो ।
सन्तो तिमिल्सिना नेपाल र नेपाली को आफ्नो मौलिकता पहिचान बचाउन को निमित्त बिदेशी भुमीमा पनि आफ्नो साँस्कृतिक लाई जग्रेना गर्ने मुख्य उदेश्य ले आउदो १६ अक्टोबर २०२२ आईतबारका दिन...
Read More
मकवानपुर– राक्सिराङमा एक वृद्ध चेपाङ दम्पतीले पहिलो पटक आफ्नै पक्की घर पाएका छन् । ९२ वर्षीय जयराम र ८० वर्षीय लक्ष्मी चेपाङले नयाँ घर पाएका हुन् । नयाँ घर...
Read More
सन्तोष तिमिल्सिना काठमाडौ “कास्की आदर्शको चाहना सब्य र सम्बृद समाजको स्थापना ” भने मूल नाराका साथ सन् २००२ मा स्थापना भयको कास्की आदर्श समाज कतारले फरक क्षमता भयका बिद्यार्थीको...
Read More