असाेज २६ गते २०८०

भाडा नतिरेपछि पोखराको मुख्य चोकका ७९ सटर बन्द

पोखरा ।,पोखराको मूख्य ब्यापारीक केन्द्र पृथ्वीचोकमा रहेको हाम्रो बजारमा ताला लगाइएको छ । बजारमा रहेको ७९ वटा सटरका ब्यापारीले नियम अनुसार तिर्नुपर्ने भाडा लामो समयसम्म नतिरेको र पटक पटक ताकेता गर्दा पनि समन्वय गर्न नचाहेका कारण ताला लागेको बताइएको छ । कृषि सामाग्री केन्द्रको स्वामित्वमा रहेको बजारमा ब्यबस्थापनको जिम्मेबारी पाएको कम्पनीलाई ब्यापारीहरुले भाडा तिर्न नचाहेको बताइएको छ । उनिहरुले नयाँ भाडादर कायम गरिएकोले आफुहरुले उक्ता भाडा तिर्न नसक्ने भन्दै भाडा तिरेका छैनन । उनिहरुले नयाँ ब्यबस्थापन कम्पनी आएपछि भाडा तिर्न आनाकानी गरेको बताइएको छ । कम्पनीले पटक पटक छलफल , आग्रह गर्दा पनि बेवास्ता गरेको र आफुहरुले कृषि कम्पनीलाई तिर्नुपर्ने भाडाँ अग्रिम रुपमा तिर्नुपर्ने भएकाले समस्या र्सिजना भएको सञ्चालकको भनाई छ । कानुन बमोजिमका कुरामा ब्यापारीहरुले जवरजस्ती गर्न खोजेको र बिधि प्रकृया भन्दा बाहिर जान खोजेकोले आफुहरुले तालाबन्दी गर्न बाद्य भएको सञ्चालक तोरण गुरुङ्गलले जानकारी दिए । चाडपर्बको मुखमा बजार बन्द हुदा ब्यापारमा असर परेको छ ।