असाेज २६ गते २०८०

पोखरामा खसीबोका प्रर्दशनी हुने

बिजया दशमीको अबसर पारेर पोखरामा खसीबोका प्रदर्शनी गरीने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा आयोजना हुने खसिबोको प्रर्दशनको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो । वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालक प्रबद्धन र सम्मानका लागि प्रर्दशनीको आयोजना गरिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका शाखा प्रमुख नवराज अधिकारीले उत्पादनमा आधारीत किसानलाई प्रबद्धन गरी स्थानिय उत्पादनलाई प्रयोग गर्ने बानीको बिकास गर्नका लागि प्रदर्शनी आयोजना गरिएको बताए । असोज ३० गते मंगलबार आयोजना हुने प्रदर्शनीको स्थानीय ब्यवस्थापन पोखरा महानगरपालिका वडानं २८ ले गरेको छ भने मिडिया पार्टनरमा पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले सहकार्य गरेको छ । त्यसैगरि प्रदर्शनीको बिषेश सहयोगीमा पशुुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा ,भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र कास्की ,ब्यवसायिक बाख्रा पालन समिति पोखरा २८ रहेका छन । पशुपालकले आफुले पालेका खसिबोका प्रदर्शनीमा निःशुल्क राख्न पाउने ब्यबस्था मिलाइएको छ भने खशिबोका खरिद बिक्रीका लागि सहजीकरणका प्रयासहरु पनि भएको आयोजकले जनाएको छ । प्रदर्शनीमा प्रोत्साहन पुरस्कारहरु पनि राखिएको छ ।