असाेज २८ गते २०८०

हिमालयन मार्ट खुल्यो, दशैमा बिषेश छुट

बिजया दशमी लगायतका आउदै गरेका चाडपर्ब लक्षित अफर सहित पोखरामा हिमालयन मार्ट शुभारभ्भ भएको छ । पोखरा १७ , राममन्दीर नजिक सञ्चालनमा आएको मार्टले दैनिक खाद्यान्न लगायतका आबस्यक ग्रोसरी समानाहरुमा शुभारभ्भको अबसरमा छुट दिएको हो । युवा व्यवशायी जनक प्रसाद काफ्ले तथा धुब्र काफ्ले ले को नयाँ ब्यबशायका रुपमा खुलेको हिमालयन मार्टमा खानाका परकारहरुको स्टल, मासु, तरकारी, रेष्टुरेन्ट आईटमको पनि ब्यबस्था मिलाइएको छ । करिव ३ करोड लागतमा सञ्चालन गरिएको मार्टमा सहज पार्कीङ्ग,सस्तो तथा सुलभ मुल्य भएकोलृ ग्राहकको रोजाई हुने सञ्चालक जनक काफ्लेले बताउनु भयो । शुभारभ्भको अबसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी , कास्कीको प्राबिधिक सहयोगमा खुल्ला रत्तदान कार्यक्रम आयोजना गरिएको हो ।