कार्तिक २ गते २०८०

दशैको मुखमा बजार बन्द गरेपछि खतिवडा माथी हातपात

पोखरा,दशैको मुखमा बजार बन्द गरेको भन्दै पोखराको सस्तो बजारका ब्यापारीले ठेकेदार माथी हातपात गरेका छन । पोखरा सस्ताबजारका ब्यापारीले बजारका ठेकेदार युवारज खतिवडालाई कुटपिट गरेको बताइएको छ । बिहान बजार खोल्न आउदा सटरमा चावी लगाएको भेटेपछि ब्यापारीले उनिमाथी आक्रमण गरको बताइएको छ । अलि अलि ब्यापार हुने समयमा आएर सटर बन्द गराएको भन्दै आक्रोशित भएका ब्यापारीहरुले खतिवडालाई आक्रमण गरका हुन । अहिले खतिवडा र ब्यापारीहरु बिच वडा प्रहरी कार्यालय बैदाममा छलफल भैरहेको छ । खतिवडाले बजारको ठेक्का समेत अर्कोलाई बेचीसक्दा पनि आफुलाई नै भाडा दिनुपर्ने भन्दै ब्यापारीहरुलाई धम्काउदै आएका थिए । नयाँ संझौता अनुसार जिम्मा पाएको कम्पनीलाई बजारमा प्रबेश गर्न नदिएर मनलाग्दी गरीरहको खतिवडा माथी आक्रमण भएको बजारको ठेक्का खरिद गरेका महेन्द्र पुनले जानकारी दिएका छन ।