कार्तिक १८ गते २०८०
५० लाख सहयोग र उद्धारमा पोखरा महानगरपालिका जाजरकोट प्रस्थान
कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार ६.४ म्याग्ननिच्युडको भूकम्प गएको थियो । नगरप्रमुख धनराज आचार्यको निर्देशनमा पोखरा महानगरपालिका जाजरकोट प्रस्थान , एक महिनाको पारिश्रमिक राहत सहयोगमा रु ५० लाख र उद्धारमा कार्यमा सहयोग पुर्याऊने निर्देशन दिनु भयो ।

हिजो राति गएको भूकम्पका कारण सिर्जित ह्दयबिरादक घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पुर्याउन पोखरा महानगरपालिकाको टिम वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । २ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ । टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको छ ।

पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्य हरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी रु.१३ लाख १५ हजार र अन्य जनप्रतिनिधि एबँ कर्मचारी हरुको स्वछिक सहयोग र नपुग रकम महानगरपालिकाको बिपद कोष बाट खर्च बेहोरिने छ ।र जम्मा रकम रु ५० लाख बराबरको राहत सहयोग प्रदान गरिनेछ।