कार्तिक २१ गते २०८०
पानस बचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न
पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनको नेफस्कुनका पोखरा प्रमुख सुर्य प्रसाद तिमल्सीनाले उदघाटन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्ष ईन्द्रमान चौहानले अध्यक्षता गरेको कार्यक्रमको सचिव महेश्वर रिमालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष दुर्गा बहादुर थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । साधारणसभामा अध्यक्ष, सचिव र कोषाध्यक्षले सस्थाको प्रतिबेदनहरु पेश गनुभएको थियो । अधिबेशनले महेश्वर रिमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सहकारीको उपाध्यक्षमा दुर्गा बहादुर थापा ,सचिवमा टुक प्रसाद काफ्ले, कोषाध्यक्षमा सु्जन श्रेष्ठ र सदस्यहरुमा विद्या गिरी,दुर्गा गिरी र नेत्र बहादुर खत्री चयन हुनु भएको छ ।
सहकारीको लेखा संयोजकमा वासु जिसी,सदस्यहरुमा सन्त बहादुर लामिछाने र गुणाखर अर्याल रहनु भएको छ ।सहकारीले उत्कृष्ट बचत कर्ता ३ जना विद्यादेव नकर्मी ,डिल्लिराम तिमिल्सिना र जुन कुमारी पुनलाई सम्मान गरेको थियो भने उत्कृष्ट कर्मचारीमा विष्णु ज्ञवाली,प्रवन्धनिर्देशक धनेन्द्र गुरुङलाई सम्मान गरिएको थियो । यस्तै सेयर सदस्यका प्लस टु र स्नातक पास गरेका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।