कार्तिक २२ गते २०८०

पोखरा महानगरपालिकाको आह्वानमा फेवाताल सरसफाइ

पोखरा महानगरपालिका वडा नं.६ बाराहीघाट देखी खहरेसम्म सरसफाइ गरिएको छ । पोखरा महानगरपालिकाको आह्वानमा सरसफाइ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्थानीय आमासमुह, युवाक्लव, नागरिक समाज, नेपाल प्रहरी, नगर प्रहरी, ढुङ्गा व्यवसायी, पर्यटन व्यवसायी, जलारी समुदाय, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

बाराहीघाटदेखि खहरेसम्मको फुट्ट्रयाक वरिपरि र ताल छेउमा सरसफाइ गरिएको महानगरको सरसफाइ शाखाले जनाएको छ ।

यसअघि कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख धनराज आचार्यले फोहोरका कारण हुने फेवातालको प्रदूषण रोक्नका लागि निरन्तर सरसफाइ गर्नुपर्नेमा जोड दिनुभयो । फेवातालको संरक्षण सबै पोखरेलीहरूको दायित्व हुने भन्दै फोहोरको उचित व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो ।