कार्तिक २७ गते २०८०

टिकटक नेपालमा मात्र बन्द हो ? के छ अन्य देशहरुको अबस्था ?

सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने मुलुकमा नेपालमात्रै भने होइन । यसअघि नै पनि विभिन्न देशहरूले टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएका छन । तीमध्ये बढीजसो देशले सरकारी डिभाइसहरूमा मात्रै टिकटको प्रयोग प्रतिबन्ध गरेका छन । केहीले पूर्णरूपमा आमनागरिकका लागि नै पनि टिकटक प्रतिबन्ध गरेका छन । बिस्वका देशहरु मध्य अमेरीका, अफगानिस्तान, भारत, नर्बे अष्ट्रेलिया,बेल्जियम,क्यानडा, डेनमाक,युरोपेली संघ,फ्रान्स, न्युजिल्यान्ड, ताइवान,बेलायत, लगायतका देशमा टिकटक चल्दैन । बिस्वका उच्च मानबअधिकार भएका देशहरुमा समेत टिकटक बन्द भएपछि हाल अन्य देशहरुले पनि टिकटक बन्द गर्न सुरु गरेका छन ।