कार्तिक २८ गते २०८०

मुस्लीम देश युएईमा समेत गरियो लक्ष्मी पुजा

सनातन गौ संरक्षण अभियान यु ए ई हिन्दु जागरण नेपाल युएई र श्री वैष्णव परिवार युएई तथा अन्य सामाजिक संस्थाहरुले लक्ष्मी पुजा गरेका छन ।सनातन गौ सम्रक्षण युएई का वरिष्ठ उपाध्यक्ष सागर दाहाल को संयोजकत्वमा लक्ष्मी पुजा गरिएको हो । देश विदेश जहाँ रहेपनि आफ्नो मौलिक धर्म जगेर्ना गर्नु पर्दछ भन्ने उद्देश्यका साथ नेपालि सनातन धर्मालम्बीहरुको महान चाड दिपावलीको अवसरमा दिव्य लक्ष्मी पुजा,भजन कृतन तथा सांस्कृतिक देउसी भैलो कार्यक्रम गरिएको समाचारमा जनाइएको छ । सनातन गौ सम्रक्षण अभियान युएई कि अध्यक्ष रमा न्यौपाने पन्थ को अध्यक्षतामा युएईका सामाजिक संस्थाहरुको छाता संगठन नेपाली समाज यु। ए। ई। का अध्यक्ष बेदप्रसाद अर्याल को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । सनातन गौ संरक्षण अभियानका प्रवक्त्ता गोपाल पराजुली र अभियन्ता सुनिता शर्मा ले सहजीकरण गर्नु भयको कार्यक्रममा युएईमा रहेका बिभिन्न धार्मिक र सामाजिक संस्थाका प्रमुख प्रतिनिधिहरु सहभागिता रहेको थियो। कार्यक्रममा युएई लाइ कर्मथलो बनाउदै आउनु भएका नेपालका कृष्ण परियार ,सुरेन्द्र परियार पारु थापा, सरु भण्डारी, सरोज थापा, बाबुराम बिक, एन्जल लगयातका कलाकार हरुले देश प्रेम झल्कने गित नाच तथा देउसी भैलो गित प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सफलता पुर्वक सम्पन्न गर्न बिशेस सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान पत्र हस्तान्तरण गरियको थियो।