कार्तिक २९ गते २०८०

बालगृहमा लगाइयो सामुहिक भाईटिका

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार भाईटिकाको दिन बालगृहमा रहेका बालबालिकाहरुले पनि भाईटिका लगाएका छन । उनिहरुले सामुहिक रुपमा भाईटिका लगाएका हुन , कास्कीको पोखरा महानगरपालिका १८ सेदिबगरमा रहेको बालकल्याण सस्थामा रहेका करिव ३५ जना बालबालीकाले सामुहिक रुपमा भाईटिका लगाएका हुन । आश्रय र अभिभावक बिहिन बाललबालीका रहेको बालकल्याण सस्थामा प्रबन्धक बिजय प्रधानका अनुसार उनिहरुलाई दाजु बहिनी र दिदी भाई बनाएर टिक ग्रहण गर्न लगाइएको हो । हिन्दु परम्परा तथा आपसी सदभाव र अभिभावकको अभावको महशुस कम गराउन हरेक पर्बहरुमा बालकालीका लाई सहभागि गराउने गरिएको प्रबन्धक प्रधानले जानकारी दिनुभयो । यसैगरि म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन ।नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरूले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन् ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हाल हङकङमा बसोबास गर्ने कर्ण पुनको सहयोगमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको हो । यस्तै तनहुँको व्यास नगरपालिका–१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् ।बालगृहमा रहेका दुई बालिकाहरूले चार बालकलाई टीका लगाइदिएका थिए ।