मंसिर ८ गते २०८०

गण्डक सहकारीमा ढकाल


गण्डक बचत तथा ऋण सहकारी सस्था, पोखरा १७ को अध्यक्षमा दिपेन्द्र ढकाल र्निबाचित हुनु भएको छ । सस्थाको चौथो बार्षिक साधारणसभा तथा प्रथम अधिबेशन बाट ढकाल सहित नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा दिपेन्द्र शर्मा, सचिव डिल्लीराम पनेरु, उपसचिव राम प्र. पौडेल, कोषाध्यक्ष पुरुशोत्तम पौडेल, अग्नि पनेरु चयन हुनुभएको छ । त्यसैगरि समितिको सदस्यहरुमा अग्नी पनेरु, दिपेश सापकोटा, मातृका सुबेदी, हरि शंकर भण्डारी, देबकी के.शी. सोनम के.शी. चयन हुनुभएको छ । नि बर्तमान अध्यक्ष धुब्र पनेरुको संयोजकत्वमा राम प्रसाद पौडेल र प्रदिप पौडेल सदस्य रहेको र्निबाचन समिति गठन गरिएको थियो । अधिबेशनले शिब प्रसाद पौडेललाई लेखा समिति संयोजकमा र्निबाचित गरेको छ । बार्षिक साधारणसभामा बार्षिक प्रतिबेदन पेश गर्दे अध्यक्ष धु्रब पनेरुले सहकारी हाल २९ लाख भन्दा बढी नाफामा रहेको जानकारी दिनुभयो । त्यसैगरि कोषाध्यक्ष ईन्द्र प्रसाद भुवाईले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

अधिबेशनको उदघाटन गर्दे गण्डकी प्रदेशसभा लेखासमिती सभापति सुधिर कुमार पौडेलले सहकारीहरुको समस्या समाधान गरेर अगाडी जानसकीने थुप्रै बिकल्पहरु रहेको बताउनु भयो । जिल्ला सहकारी संघ, कास्कीका कोषाध्यक्ष नवराज बरालले हाल लघुबित्तका ऋणीहरु र सहकारीका ऋणीहरु एउटै हुन पुगेकाले पनि सहकारीमा समस्या देखा परेको उहाँको भनाई थियो । पोखरा महानगरपालिका वडा नं१७का अध्यक्ष राधिका कुमारी शाहीले आर्थिक गतिबिधी सञ्चालन र चलायमानका लागि सहकारीको बिकल्प नभएको बताउनु भयो । समस्याग्रस्त सहकारीहरुको समस्या राज्यले एउटा बिधि बनाएर हल गरीदिनुपर्ने उहाँको भनाई थियो । कार्यक्रम सञ्चालन सहकारीका सचिव दिपेन्द्र शर्माले गर्नुभएको थियो । त्यसैगरि उपाध्यक्ष दिपेन्द्रराज ढकालले स्वागत मन्तब्य राख्नुभएको थियो ।