मंसिर १९ गते २०८०

मासु ब्यबशायी संघ कास्कीमा शर्मा

मासु ब्यबशायी संघ, कास्कीको अध्यक्षमा लोकराज शर्मा र्र्निबाचित हुनुभएको छ । सस्थाको पाँचौ साधारणसभा तथा तेस्रो अधिबेशमा शर्मा सहितको नयाँ कार्यसमिती गठन भएको छ । समितिको उपाध्यक्षमा चिन बहादुर गुरुङ्ग, सचिवमा बद्रीनाथ भुर्ते, कोषाध्यक्षमा सिर्जना दुवाडी गौतम ज्यु,सह सचिव पदमा महशुर शाह र सदस्य पदमा भरत न्यौपाने रामकृष्ण लामिछाने ,नवराज लम्साल ,गम बहादुर गुरुंग , मछिन्द्रराज अधिकारी र दान बहादुर सारु निर्विरोध निर्वाचित हुनुभएको हो । अधिबेशनको जिल्ला भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले उदघाटन गर्नुभएको थियो । उहाँले सो अबसरमा माशु ब्यबशाय नेपालमा क्रमिक रुपमा सुधार हुदै गएको र आत्मर्निभरता तर्फ उन्मुख भएको बताउनु भयो । कार्यक्रममा पोखरा महानगरपालिका कृषि तथा आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरीयाले स्थानिय उत्पादन लाई प्राथमिकता दिन ब्यबशायिलाई आग्रह गर्नुभयो । पोखरा महानगरपालिका पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पोखरा र आसपासमा मासु उत्पादनका लागि सरकारले बिषेश प्राथमिकतामा राखेको बताउनु भयो । मासु ब्यबशायि संघ कास्कीका सस्थापक अध्यक्ष अशोक श्रेष्ठले मासु बिक्री र कखुरा पालक किसानलाई बिषेश ध्यान दिन आबस्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा मासु ब्यबशायि संघका बिभिन्न पदाधिकारी तथा सल्लाहकारहरुले पोखराका मासु पसल नेपालकै उत्कृष्ट रहेको बताउनुभएको थियो ।