मंसिर १९ गते २०८०
ऋग्वैदिक हिमालय प्रथम अन्तराष्ट्रिय सम्मेलन पोखरामा हुने
पोखरा,ऋग्वैदिक हिमालय प्रथम अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । कार्यक्रममा बैदिक ज्ञान तथा आधुनिक समाज विज्ञानसँग सम्बन्धीत विज्ञहरुबाट हिमाली समाज र संस्कृतिका वारेमा खोज तथा अनुसन्धानात्मक विचार तथा कार्यपत्रहरु प्रस्तुत हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आयोजक मुक्त फाउण्डेशन पोखराकाले दिएको जानकारी अनुसार दुई दिनसम्म चल्ने सो कार्यक्रममा देश भित्रबाट र भारत, दक्षिणपूर्वी एसिया र युरोप अमेरिका समेतबाट आएका ४० जना भन्दा बढि विज्ञहरुबाट प्राज्ञिक कार्यपत्रहरु प्रस्तुत हुनेछन । कार्यक्रममा १० भन्दा बढि विदेशी प्रस्तोताहरुले अनलाईन माध्ययमबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । देशको सुन्दर पर्यटकीय नगर पोखरामा विदेश तथा देशका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक तथा साँस्कृतिक र पर्यटकीय क्षेत्रमा आवद्ध २०० जना भन्दा बढी ब्यक्तित्वहरुको उपस्थिति र सहभागितामा कार्यक्रम हुने सस्थाका अध्यक्ष दामोदर त्रिपाठीले जानकारी दिनुभएको छ । सम्मेलनमा नेपालको हिमाली पर्यावरण, हिमाली सभ्यता र संस्कृतिबीचको अन्तर सम्बन्ध र यसमा आधारित वैदिक ज्ञान विज्ञान तथा विचारहरुका सम्बन्धमा छलफल र बहस हुनेछन । गण्डकी विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, मानवशास्त्र केन्द्रीय विभाग त्रि।वि। कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, काठमाण्डौं, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान लगाएत अन्य विभिन्न संघ संस्थासँगको समन्वय तथा मिडिया पार्टनरमा पोखरा टेलिभिजन रहेको त्रिपाठीले सो अबसरमा जानकारी दिनुभयो ।मंसिर २१ र २२ गते पोखराको कुटी रिसोर्टमा हुने कार्यक्रमकोमो उदघाटन गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेले गर्ने जनाइएको छ ।