मंसिर २८ गते २०८०
जलबायुमैत्री कृषि सामाग्री बितरण
पोखरा महानगरपालिका वडा नं ३१ स्थित कोट देउराली बहुृउद्धेश्यीए सहकारी सस्थाले जलबायु मैत्री कृषि सामाग्री बितरण गरेको छ । सस्थाका शेयर सदस्य कृषकहरुलाई ३५ लाख बराबरको कृषि सामाग्री बितरण गरिएको सस्थाका अध्यक्ष सुरेन्द्र सापकोटाले जानकारी दिनुभयो । कृषि सामाग्रीका लागि मुक्तीनाथ कृषि कम्पनी, मुक्तिनाथ बिकास बैकले सहयोग गरेका थिए । साथै एस.एन.भि. नेपालको सहयोग रहेको सहकारीले जनाएको छ । बितरण गरिएको कृषि औजारहरुमा क्यारेट, ५० थान, कमाईमिल १० थान, राईस मिल ३ थान, पिठो पिस्ने मेसीन ५ थान , स्राप कटर ३ थान, कम्पोष्ट बिन २० थान, पानी ट्याक २० थान, हेलनेट ५० मिटर, दुधको क्यान लिटरको १५ थान, १५ लिटरको २० थान, टनेल प्लाष्टीक ५०० मिटर, ग्रीनेट ५०० मिटर, स्प्रै मेसिन १० थान, चिलिम भ्याट १ थान, ह्युल ठेला २० थान रहेको छ । सामाग्री बितरण कार्यक्रममा वडा नं ३१ का वडाअध्यक्ष ढकनाथ कडेलले यस्ता औजारले कृषि उत्पादनमा बृद्धि मात्र नगरी बाताबरण जोगाउन समेत सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघको महासचिव जानुका पराजुली सस्थाले गरेका यस्ता कार्यमा आफुहरुको सदैव सहयोग रहने बताउनु भयो । मुक्तिनाथ बिकास बैकका बिजय सापकोटाले आफुहरुले कृषि क्षेत्रमा नयाँ सोचका साथ काम गरेको बताउनु भयो । कृषि र किसान संग निरन्तर सहकार्यका लागि आफुहरु तयार रहेको उहाँको भनाई थियो । कोट देउराली बहुृउद्धेश्यीए सहकारी सस्थाका सचिव बिष्ण प्रसाद लामिछानेले औपचारी कार्यक्रम सञ्चालन गर्नुभएको थियो