पौष १४ गते २०८०

बक्तृत्वकलामा भण्डारी प्रथम, पनेरु दोस्रो

       

बिरौटा बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बर्तमान अबस्थामा सहकारीहरुको समस्या,समाधान तथा चुनौती र नेपालको आर्थिक बिकासमा सहकारीको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगितामा पोखरा १७ का विद्यालयका विद्यार्र्थी बीच वक्तृत्वकला प्रतियोगित गराइएको हो । प्रतियोगितामा ११ विद्यालयका विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा ढुंगेसाँघु बोर्डिङकी अंकिता भण्डारी प्रथम, हिमालयन बोर्डिङ स्कुलकी आलिस्मा पनेरु द्वितीय, बालोदय बोर्डिङ्गकी एलिसा भुसाल तृतीय र छोरेपाटन माविकी श्रेया लामिछाने सान्त्वना भएको सहकारीले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय तथा सान्तवनालाई क्रमश ७ हजार,५ हजार,३ हजार र २ हजार नगद, मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको बताइएको छ

कार्यक्रममा वेस्ट पोइन्ट बोर्डिङका संस्थापक नवीन बरालले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूको बोल्ने बानीको विकास साथै सहकारीसम्बन्धी विद्यार्थीहरूमा ज्ञान बढ्ने हुने हँुदा यस्तो कार्यक्रमलाई नियमितता दिनुपर्ने बताए ।संस्थाका अध्यक्ष टीकाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धु्रव अधिकारीले स्वागत र सचिव ओमप्रकाश बरालले सञ्चालन गरेका थिए