पौष १६ गते २०८०
पोखरा महानगरमा माओबादी रुपान्तरणअभियान समापन , जनतामा आकर्षण पैदा भयो
नेकपा माओबादी केन्द्रको पोखरा महानगरपालिका कमिटीले रुपान्तरण अभियानको समापन गरेको छ । पोखराको जिरो कीलोमीटरमा एक कार्यक्रमको आयोजना गरी अभियानको समिक्षा सहित समापन गरेको हो । माओबादीले ३ महिने पार्टी रुपान्तरण तथा घर घरमा माओबादी, जन जनमा माओबादी भन्ने अभियान सूरु गरेको थियो । अभियानलाई एक महिना थप गरी ४ महिना सञ्चालन गरिएको थियो । अभियानको क्रममा माओबादी प्रति नै जनताले तिब्र आशा गरेको निष्कर्ष निकालिएको नेकपा माओबादी केन्द्र पोखरा महानगर कमिटीको ईन्चार्ज पारसमणी पौडेलले जानकारी दिनुभयो । नेपालको युगान्तकारी परिवर्तनमा साथ दिएको जनताले समाजबादी आन्दोलनमा पनि माओबादीको साथ खोजेको तर नेताहरुमा बिस्वासको अभाव भएको निष्र्कष अभियानले निकाले सो अबसरमा जानकारी दिइयो ।
जिम्मेबारी पाएका नेताहरुले आफ्नो जिम्मेबारी अनुसार काम नगरेका कारण जनताले अबिस्वास गर्ने बाताबरण बनेकोमा अभियानले नयाँ आशा जगाएको पौडेलको भनाई थियो । कार्यक्रममा माओबादी केन्द्रका गण्डकी प्रदेश ईन्चार्ज देबेन्द्र पौडेलले अभियानका कारण जनताको मिरपमर्का र सर्वहारा बर्गकोे नयाँ आशा र अपेक्षाका बारेमा बुझ्ने र लागु गर्ने बारे अवसर पार्टीले प्राप्त गरेको बताउनु भयो । पार्टीले संगठन संरचना फेर्नका लागि बिधान अधिबेशन गर्न लागेको र अन्य दलसंग पनि एकताको लागि गृहकार्य भैरहेको सो अबसरमा उहाँले जानकारी दिनुभयो । कम्युनिष्ट पार्टीले आन्तरीक पार्टी जिवनलाई चुस्त राख्न हालसम्म गरिएका नेतृत्व छनौट प्रकृयाहरु प्रभावकारी हुन नसकेकोले अब कार्यमुल्याङ्गकन बिधी फेरीने पौडेलको भनाई थियो । पार्टीले अव वडास्तरसम्म बैचारीक बहसको सूरुवात गर्ने र जनताका ऐजेण्डाका आधारमा र आबस्यकताका आधार नेतृत्व प्रदान गर्दे नयाँ पुस्तामा आकर्षण पैदा गर्ने उहाँको भनाई थियो । महानगर समितीको अध्यक्ष बिज्ञानको अध्यक्षतामा भएको कार्यक्रम सचिव जनक पराजुलीले सञ्चालन गर्नुभएको थियो ।