पौष २० गते २०८०

शुक्ला गण्डकीले दियो कफि सचेतना

कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड को आयोजना तथा सुक्लागण्डकि नगरपालिका को सहयोगमा युवा संग उपप्रमुख कार्यक्रम अन्तरगत सुक्लागण्डकी मा कफि खेतिको सम्भावना चुनौति बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संस्था का अध्यक्ष मनराज गुरुङको अध्यक्षता भएको कार्यक्रममा सुक्लागण्डकि नगरपालिका का उपमेयर खुम बहादुर बिक ले विशेष गरि युवा संग उपप्रमुख कार्यक्रम को मुख्य उदेश्य भनेकै बिदेशीएका युवाहरुलाई नेपालमा नै रोजगारीको सम्भावना देखाउनु भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल मै सिपमुलक तालिम लिएर होस या कृषि पेसा गरेर होस कामगर्न चाहाने युवाहरुलाई प्रसस्त सम्भवना छ भन्ने उदेश्य का साथ नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको उहाँको भनाई थियो । कार्यक्रममा सुक्ला गण्डकिका प्रमुख प्रशाशकिय अधिकृत रामचन्द्र लाम्गादेले बताउनु भयो सुक्ला गण्डकी का कफी खेतिको ठुलो सम्भावना रहेको बताउनु भयो । सो कार्यक्रममा वडा न ७का वडा अध्यक्ष खड्क सिङ थापा १२ का वडा अध्यक्ष इन्द्र गुरुङ द्द का अध्यक्ष सुमन राना १० का अध्यक्ष राजेन्द्र क्षेत्रीले कफि खेतिको संभावना र कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । तीन जना प्रशिक्षकले करिब २५० बढि प्रशिक्षातिलाई कफि खेति को सम्भावना र चुनौति बिषयमा , प्रशिक्षण दियका थिए