पौष २४ गते २०८०
एक लाखको अक्षयकोष स्थापना
पोखरा महानगरपालिका वडा नं २७मा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत बिद्यालयमा एक लाख एक हजार एक सय एघार रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । स्थानिय समाजसेवी तथा नेपाली काग्रेसका कृयाशिल सदस्य मोहन नाथ त्रिपाठी को स्मरणमा उहाँको निधन भएको १३ औ तिथिमा अक्षयकोष स्थापना गरिएको हो । उहाँको संझनामा उहाँका २ छोरा,३ छोरी तथा परिवारका सदस्यले अक्षयकोष स्थापना गरेको बताइएको छ । अक्षयकोष घोषणा तथा स्वर्गिय मोहननाथ त्रिपाठीको श्रद्धान्ञ्जली सभामा नेपाली काग्रेस कास्कीका क्षेत्रिय सभापति राजेन्द्रमणी लामिछानने त्रिपाठीको निधनले नेपाली काग्रेस पार्टी तथा सामाजिक क्षेत्रमा क्षति पुगेको उल्लेख गर्नुभयो । अक्षयकोषले त्रिपाठीलाई अजर अमर बनाउने भन्दै परिवारको यो कदम प्रति उहाँले धन्यबादन दिनुभयो । श्रद्धान्ञ्जलीसभामा पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले स्वर्गिय त्रिपाठीले आफुलाई समाजसेवामा लागिरहरन प्रेरणा दिने गरेको स्मरण गर्नुभयो । अक्षयकोषले बिद्यालयमा अध्ययन गर्ने दलित, बिपन्न ,असहाय बिद्यार्थीका लागि शैक्षिक गतिबिधीमा सहयोग गरीने परिवारले जनाएको छ । कार्यक्रममा वडा नं २७ का वडा सदस्यहरु सुर्य बहादुर वाग्ले तथा जितेन्द्र बहादुर क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।