पौष २७ गते २०८०

पोखरा २७ ले गर्यो आठ सय जनाको स्वास्थ्य उपचार

पोखरा महानगरपालिका वडा नं २७ ले एकैदिनमा करिव पाँचसय जना बिरामीको निःशुल्क स्वास्थ्य उपचार गरेको छ । पद्यम नर्सिङ्ग होम पोखराको प्राबिधिक सहयोगमा पोखरा २७ अघ्रौचोकमा रहेको लेखनाथ मेमोरीयल स्कुलमा आयोजित निःशुल्क स्वास्थ्य शिबिरमा बिभिन्न किसिमका बिरामीको उपचार गरिएको हो । शिविर शुभारम्भा गर्दे वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले शहर भएपनि नागरीकहरुमा सहज स्वास्थ्य पहुँच नभएको भन्दै बेला बेलामा आफ्नो स्वास्थ्य परिक्षण गराउन आग्रह गर्नुभयो । शिबिरमा मुख्य मुख्य समस्या सहित बिषेशज्ञ सेवा दिइएको थियो । मुटुरोग, हाडजोर्नी तथा नशा,बालरोग दन्त परिक्षण, स्त्रीरोग, भिडियो एक्सरे,ईसिजि, प्रयोगशाला तथा औषधी निशुल्क रुपमा बितरण गरिएको थियो । शिबिरमा वडा नं २७ का वडा सदस्यहरु लक्ष्मी बि.क, सुर्य बहादुर वाग्ले, जितेन्द्र क्षेत्री, स्थानिय समाजसेवी लागायतको सहभागिता रहेको थियो ।