माघ १ गते २०८०
नवौ राष्ट्रिय योग दिबस, समय भएन भनेर योग गर्न नछोडौ : मेयर आचार्य
नेपालमा नवौ राष्ट्रिय योग दिबस मनाइएको छ । पातञ्जल योग समिती नेपालले देशभर रहेको आफ्ना शाखा मार्फत योग दिबस बिषेश कार्यक्रम गरेर मनाएको हो । योग दिबसको अबसरमा पातञ्जल योग समिती नेपाल कास्कीले बिषेश योग प्रबचन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहानको समय प्राय ः सबैलाई पायक नै पर्ने भएकाले योग नियमित गर्न आग्रह गर्नुभयो । बिहान सुतेर जाने समयलाई ब्यबस्थापन गरेर शरिर निरोगी बनाउन योग शिक्षालाई ब्यापक बनाउन उहाँले आग्रह गर्नुभयो । यो पटक सरकारले सबै स्थानिय तह तथा सरकारी निकायहरुमा योग दिबस मनाउने गरी कार्यक्रमहरु राखेको भन्दै योगलाई बिस्वभर ब्यापक बनाउन नेपाल अगाडी सर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा पातञ्जल योग समिती नेपालको केन्द्रीय उपाध्यक्ष कमला गुरुङ्गले योग अभ्यास तथा योग शिक्षाको बारेमा जानकारी गराउनुभएको थियो ।
पातञ्जल योग समिती नेपाल गण्डकी प्रदेश समति अध्यक्ष रमा राज भण्डारीले पातञ्जल योग समीतीले देशभर योग केन्द्र स्थापना गरी योग मार्फत समाजमा योगदान दिईरहेको उल्लेख गर्नुभयो ।नेपाल पत्रकार महासंघ कास्की जिल्ला अध्यक्ष बिमला भण्डारीले योग मानव जिवनमा र बिषेश गरी शहरी जिवनमा अति आबस्यक रहेको उल्लेख गर्नुभयो । गण्डकी प्रदेश सामाजिक बिकासतथा स्वास्थ्य मन्त्रालयका सहसचिव भोजराज न्यौपाने, लाईन्स क्लव ईन्टरन्यासनल ३२५ आईका बिनाद ढुगांना, नेपाल ओलम्पीक कमीटी उपाध्यक्ष, तेज बहादुर गुरुङ्ग लगायतले योगको महत्व र आबस्यकताका बारेमा धारणा राख्नुुभएको थियो। कार्यक्रममा योग भजन तथा योग र्नित्य प्रस्ूतुत गरिएको थियो । अन्र्तराष्ट्रिय योग शिक्षक प्रेम शाहले योगआसन प्रस्तुत गर्नुभएको थियो । पातञ्जल योग समीती नेपाल कास्की जिल्ला अध्यक्ष राम बहादुर बि.क को अध्यक्षतामा भएको कार्यक्रममा सचिव मुत्ती पनेरुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।