माघ ८ गते २०८०

शेर बहादुुर सहित शिर्ष नेता स्याङ्गजा जाने

नेपाली काग्रेसको पार्टी सभापति शेर बहादुर देउवा सहति शिर्ष नेताहरुको स्याङ्गजा जाने भएका छन । नेपाली काग्रेस स्याङ्गजा जिल्ला सम्मेलनमा संबोधन गर्न पार्टी सभापति सहित दुई उप सभापति, दुई महामन्त्री, सहमहामन्त्री,अर्थमन्त्री डा.प्रकाश शरण महत, रक्षामन्त्री पुर्ण बहादुर खड्का, शेखर कोईराला,जिवन परियार, प्रदिप पौडेल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतका नेताहरु स्याङ्गजा जान लागेको नेपाली काग्रेस स्याङ्गजाका जिल्ला कोषध्यक्ष जनक काफ्लेले जानकारी दिनुभयो । जिल्ला सम्मेलनलाई पार्टी सभापति सहित शिर्ष नेताले संबोधन गर्ने भएपनि स्याङ्गजा जिल्लाको सिंगो पार्टी पक्ती ब्यापक तयारीमा लागेको जिल्ला सभापति राजु थापाले जानकारी दिनुभयो । स्याङ्गजा जिल्ला काग्रेसको आधार जिल्ला भएकाले कार्यक्रमलाई ब्यापक बनाउने तयारी गरिएको छ । माघ १० गते स्याङ्गजाको सिटीहलमा काग्रेस शिर्ष नेतृत्वको सहभागितामा जिल्ला सम्मेलन सम्पन्न हुन लागेको सभापति थापाले जानकारी दिनुभयो । सम्मेलनलाई भब्य बनाउन बिभिन्न सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको बताइएको छ । सम्मेलनमा सचिव दामोदर लम्सालले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष जनक काफ्लेले आर्थिक प्रतिबेदन पेश गर्ने बताइएको छ ।