माघ २१ गते २०८०

ढोर बराही दिदिबहिनी समितीको साधारण सभा सम्पन्न

             

पोखरा महानगरपालिका वडा नं ६ स्थित ढोरबराही दिदि बहीनी समितीको १५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा पोखरा महानगरपालिका वडा नं ६ की वडा सदस्य पबित्रा थापाले पर्यटकिय क्षेत्रमा रहेका यस्ता संघ सस्थाहरुले आन्तरीक पर्यटन प्रबद्धनका लागि पनि सहयोग पुग्ने उल्लेख गर्नुभयो । वडाले सामाजिक सचेतनाका कामका लागि आबस्यक सहयोग र सहकार्य गर्ने पनि उहाँले सो अबसरमा उल्लेख गर्नुभयो । कार्यक्रमममा सस्थाका सल्लाहकार नारायण पराजुलीले ढोरबराही दिदि बहीनी समिती एकताबद्ध भएर अगाडी बढीरहेको देख्दा खुशि लागेको उल्लेख गर्नुभयो । कार्यक्रममा सस्थाका उपाध्यक्ष ईन्दिरा बरालले घर,ब्यबशाय पछि वाँकी काम समाज र सस्थालाई दिने बानीको बिकास गर्न जरुरी रहेको बताउनु भयो । ओटेफका अध्यक्ष उभा भण्डारीलेले अन्य समिति र सस्थाको तुलनामा बैदाम क्षेत्रमा कृयाशिल ढोरबराही दिदिबहिनी समुहले रचनात्मक काम गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पोखरा टेलिभिजनका प्रबन्ध र्निदेशक माधब पनेरुले अब समय अनुसार दिदि बहिनीहरुको एजेण्डा पनि फेरदै गएको स्मरण गर्नुभयो । चुलो बाट ब्यबशायको कुरा संगै निडर, र्निभिक र बतृत्वकलाको बिकास आबस्यक रहेको उहाँको भनाई थियो । सस्थाको अध्यक्ष गिता पहारीको अध्यक्षतामा गरिएको कार्यक्रममा सचिव शिबु सुबेदीले बािर्षक प्रतिबेदन पेश गर्नुभएको थियो । सो अबसरमा रमाईलो बनभोज समेत गरिएको थियो ।