वैशाख २५ गते २०८१

अन्नपुर्णमा हनिहन्टीङ्ग हुने

कास्कीको अन्नपुर्ण गाउपालिका ७ मा हनिहन्टीङ्ग महोत्सव हुने भएको छ । अन्नपुर्णको गाऊपालिका स्थित पर्यटकिय क्षेत्र लान्द्रुकमा लान्द्रुक हनिहन्टीङ्ग महोत्सव आयोजना गरिएको महोत्सव आयोजक समितीको संयोजक सुरेश गुरुङ्गले जानकारी दिनुभयो । महोत्सवमा मनोरञ्नात्मक काष्एलमहरु तथा भिरमौरीको महको स्वाद लिन पाईने आयोजकले बताएको छ । जेठ ८ गते हुने महोत्सव भिरमा मह काढेको समेत प्रत्यक्ष अबलोकन गर्न पाईनेछ । महोत्सवमा प्रौढ भलिवल प्रतियोगिता समेत आयोजना गरिएको छ । ३३ बर्ष माथिकालाइ सहभागि गराएर भलिवल प्रतियोगिता गरिने बताइएको छ । महोत्सवमा भिरमा मह काढने भिरौटे सम्मान, मह काढ्ने बलो मृत्यु भएका भिरौटेहरुलाई मरणोपरान्त सम्मान तथा सास्कृतिक कार्यक्रम रहनेछन । महोत्सवले लान्द्रुकको पर्यटन प्रबद्धन तथा ऐतिहासिक भिरमहकोे संरक्षणमा सहयोग पुग्ने आयोजकले बिस्वास लिएको छ । पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि दिइएको जानकारी अनुसार महोत्सवमा स्थानिय कला र सस्कृतिको प्रर्दशन, आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष लिइएको छ ।