वैशाख २७ गते २०८१

प्रभावकारी बन्यो मादीगाउपालिको घुम्ती सेवा, पोखरामा आएर सेवा दिन्छन वडाहरुले

कास्कीको मादी गाऊपालिकाले आफ्ना नागरीकका लागि घुम्ती सेवा सुरु गरेको छ । स्थानिय सरकार घर घरमा भन्ने नाराका साथ वडा भन्दा बाहीर अस्थाई बसोबास गर्ने नागरीकहरुका लागि सेवा प्रबाह गर्ने उद्धेश्यका साथ घुम्ती सेवा सुरु गरिएको छ । घुम्ती सेवा प्रभावकारी बनेको मादी गाऊपालिका वडा नं ११ का अध्यक्ष चलचित्र गुरुङ्गले जानकारी दिनुभयो । उहाँले बिकट बस्तीमा रहेका नागरीक, जेष्ठ नागरीक, गाऊपालिका बाहिर बसोबास गरेका पालिकाका नागरीक लाई सेवा सुरु गर्दा नागरीकमा स्थानिय सरकारको महसुश भएको प्रतिकृया आफुले पाएको अध्यक्ष गुरुङ्गको भनाई छ । घुम्ती सेवा पोखराका बिभिन्न स्थानहरुमा समेत दिने गरिएको छ । पोखराको नादा तमु समाज गौडामुख र सितलादेबीमा रहेको बरालडाडा तमु समाजमा पनि घुम्ती सेवा दिने गरिएको छ । घुम्तीसेवामा वडा बाट प्राप्त हुने सबै सेवा दिने गरिएको छ । घुम्ती सेवाका कारण नागरीकहरु वडा कार्यालयमा जान परेको छैन । बृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता पाउन पनि सहज भएको छ । बसाईसराई बढीरहेको शन्र्दभमा अस्थाई बसोबासीहरुलाई सहज सेवा दिन सके बसाईसराई रोकीने अपेक्षा पालिकाले लिएको छ । मादी गाऊपालिकाले अन्य वडाहरुले पनि घुम्ती सेवा सुरु गरेका छन । कार्यपालिकाले र्निणय गरेर नै घुम्ती सेवा सुरु गरीएको छ । गा्रमिण भेग रहेको पालिकाको यो कार्यक्रमका कारण सकारात्म प्रतिकृया आफुले पाएको मादी गाऊपालिका का अध्यक्ष देबिजंग गुरुङ्गले जानकारी दिनुभयो ।