वैशाख ३० गते २०८१

२३ बर्षपछि गुरुङ्गको क्होला उत्खनन, के हो क्होला ?

गुरुङ्ग जातीमा उदगम स्थल तथा आदिम थलो मानिएको कास्की र लमजुङ्गको सिमानाको क्होला मा उत्खनन सुरु गरिएको छ । यसअघि २०५८ सालमा केही भागमा उख्खनन गरेपनि पुरा हुन सकेको थिएन । उत्खनन को २३ बर्ष पछि पुरातत्व बिभागले क्होला उत्खनन गर्दा करिव १ हजार बर्ष पहिला गुरुङ्गहरुको बस्ती बसेको अनुमान गरिएको छ । तत्कालिन समयमा गुरुङ्गले प्रयोग गर्ने सास्कृतिक चलन, दैनिक रुपमा प्रयोगमा आउने ओखल लगायतका सामान तथा कृष्टल समेत फेला परेको उत्खखनमा नेतृत्व गर्नुभएको परातत्व बिभाग काडमान्डौका पुरातत्व बिद उद्धब आचार्यले जानकारी दिनुभयो । नेकपा माओबादी केन्द्रका महासचिव तथा पुर्बमन्त्री देब प्रसाद गूरुङ्गको पहलमा यो पटक क्होला उत्खनन गरिएको क्होला तमु परिवार समास पोखराका अध्यक्ष कृष्ण गुरुङ्गले जानकारी दिनुभयो । उत्खनन टिमको नेतृत्व छाउनी संग्राहलयका प्रमुख नवराज अधिकारीले गर्नुभएको थियो । गुरुङ्गको हालसम्म लिखित ईतिहास नभएको अबस्थामा यो उत्खनन अति आबस्यक र महत्वपुर्ण भएको तमु प्ले हु संघका केन्दीय अध्यक्ष ओम बहादुर थिम्चे तमु ले बताउनु भयो । कार्यक्रममा नेकपा माओबादी केन्द्रका महासचिव देब बहादुर गुरुङ्गले राज्यले यस्ता ऐतिहासिक स्थलहरुको संरक्षण गर्न आबस्यक रहेको बताउनु भयो । बर्तमान सरकारले बिभिन्न जातजाती, भाषभासि तथा उनिहरुको ईतिहासको संरक्षणका लागि योजनाबद्ध तरिकाले काम गर्ने प्रयास गरेको उहाँको भनाई थियो ।….. वाईट देब गुरुङ्ग
क्होलाको थप उत्खनन तथा संरक्षण आबस्यक रहेको कार्यक्रममा सहभागिहरुले बताएका छन । क्होला गुरुङ्गको उदगम स्थल भएकाले पर्यटकिय हिसावले पनि बिकास गर्न सकिने संभावना रहेकोमा जोड दिइएको छ । हाल कास्कीको मादी गाऊपािलका वडा नं २ र लमजुङ्गको म््स्याङ्गदी गाऊपालिका क्षत्रमा एतिहासिक स्थल क्होला रहेको छ ।