जेठ २२ गते २०८१
सु शान्त आमा समुहमा पबित्रा
पोखरा महानगरपालिका वडा नं १७मा रहेको सुशान्त आमा समुहको अध्यक्षमा पबित्रा थापा रेग्मी चयन हुनुभएको छ । सस्थाको दोस्रो अधिबेशन तथा तेस्रो साधारण सभा बाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा टुकमाया न्यौपाने, सचिवमा कमला सापकोटा, सह सचिवमा उमा लामिछाने र कोषाध्यक्षमा बिमला पौडेल क्षेत्री चयन हुनुभएको छ । समितीको सदस्यहरुमा शान्ती क्षेत्री, सविना भण्डारी, रश्मी क्षेत्री, र्निमला सुबेदी,जमुना चापागाई,सपना खाड, मञ्जु रेग्मी र बिना केसी रहनुभएको छ ।
साधारणसभाको पोखरा महानगरपालिका वडा नं १७को अध्यक्ष राधिका शाहि योगिले उदघाटन गर्नुभएको थियो । सो क्रममा उहाँले महिलाको क्षमता बृद्धीका लागि आमा समुह तथा महिला समुहहरुको ठुलो भुमिका रहेको उल्लेख गर्नुभयो । महिलाको नेतृत्व बिकास तथा स्थानिय समस्या समाधानमा पनि यस्ता सस्थाहरु लागिरहेको उहाँको भनाई थियो । कार्यक्रममा अभियन्ता सुस्मा पौडेलले मन शुद्ध भयो भने सबै कुराको नेतृत्व गर्न सकिने बताउनु भयो । महिलाहरुले नेतृत्व गरेको सस्थाहरुमा कम कमजोरी हुने गरेको उहाँको भनाई थियो । आमा समुहले आगामी दिनमा महिलाहरुको आबस्यकता र क्षमता अनुसारका तालिम तथा पुर्नताजकी कार्यक्रम गर्ने नबर्निबाचित अध्यक्ष पबित्रा थापा रेग्मीले सो क्रममा प्रतिबद्धता ब्यक्त गर्नुभयो । आमासमुहलाई कृयाशिल बनाईराख्न र समुदाय प्रति उत्तरदायि बनाइराख्न आफुले सक्दो प्रयास जारी राख्ने उहाँको भनाई थियो ।