जेठ २४ गते २०८१
बुद्धिचालमा आलिस्मा पनेरु प्रथम
पोखरामा आयोजित बुुद्धिचाल प्रतियोगितामा आलिस्मा पनेरु प्रथम हुनुभएको छ । एस.ई.इ दिएर बसेका बिद्यार्थीहरुका लागि पोखराको प्रतिभा स्कुलले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा पोखराको हिमालयन बोडीङ्ग स्कुल बाट प्रतिनिधित्व गर्नुभएको पनेरुले उपाधी जित्नुभएको हो । प्रतियोगितामा अलिसा श्रेष्ठ उप बिजेता बन्नु भएको छ । फाईनल खेलमा श्रेष्ठलाई पनेरुले पराजित गर्नुभएको हो । बिजेताले नगद रु ५ हजार, मेडल तथा प्रमाण पत्र र उपबिजेताले नगद रु ३ हजार मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभएको प्रतियोगिताको मुख्य रेफ्री राम बहादुर क्षेत्रीले जानकारी दिनुभयो । बिजेता बन्नुभएको पनेरु यस अघि गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा उपबिजेता हुनुभएको थियो भने आगामी राष्ट्रीय खेलकुद प्रतियोगितामा बुद्धीचाल तर्फ छटौट भैसक्नु भएको छ । उहा यो लगायत केही प्रतियागितामा बिजयी हुदै आउनुभएको छ । प्रतिभा स्कुलले बुद्धिचाल लगायत अन्य बिभिन्न प्रतियोगिताहरु आयोजना गरेको छ । बास्केटबल, ब्याडमिन्टन, बक्तृत्वकला लगायतका प्रतियोगिताहरु आयोजना गरिएको स्कुलले जनाएको छ ।