एकीकृत समाजवादीको महाधिवेशन काठमाण्डौमा शुरु, प्रधानमन्त्री प्रचण्डसहितका नेताहरूले शुभकामना दिँदै
गण्डकी सन्देश सम्वाददाता
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु भएको छ । काठमाण्डौकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गर्नुभएको छ । उद्घाटनअघि नेताहरूसहितको र्याली निस्किएको थियो ।
महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, चित्रबहादुर केसी, उपेन्द्र यादव, डाक्टर सीके राउत, रञ्जिता श्रेष्ठ लगायत राजनीतिक दलका शीर्ष नेताहरू पुग्नुभएको छ । उहाँहरूले एकीकृत समाजवादीलाई शुभकामना दिने कार्यक्रम छ ।
यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आएका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताउनुभयो । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन आयोजना गरिएको उहाँको भनाइ छ ।
झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजसमेत तयार भइसकेको जानकारी दिनुभएको छ ।
पार्टी विधानअनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना र पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने पार्टीले जनाएको छ ।
पोखरा ।सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ । उच्च सरकारी स्रोतका अनुसार शुक्रबारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानबिन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द...
Read More
सन्तोष तिमिल्सिना काठमाडौ कास्की आदर्श समाज कतारले आफ्नो २१ औं स्थापना दिबस तथा बार्षिक साधारण सभा सफलता पुर्बक सस्था का अध्यक्ष श्री अग्निधर देवकोटाको सभापत्तित्व र कास्की आदर्श समाज...
Read More
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल को आयोजना साथै माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा आयोजित११३ औ अन्तरास्ट्रीय नारी दिवसको अवसरमा महिलाहरुको सीप तथा क्षमता अभिबृर्द्धी...
Read More
अन्तिम फैसला नआउँदासम्म लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोर फाल्न पोखरा महानगरलाई बाटो खुला भएको छ । उच्च अदालत पोखराले अन्तिम फैसला नआउँदासम्म फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत...
Read More