भाद्र १ गते २०८१
राजनीतिक क्रान्तिको ओझेलमा दलित मुक्ति नामक पुस्तक लोकार्पण
शनिवार झलक विश्वकर्मा (कुमार) द्वारा लिखित राजनीतिक क्रान्तिको ओझेलमा दलित मुक्ति नामक पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । पोखरामा एका कार्यक्रममा बिच उक्त पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा सामाजिक अभियन्ता तथा कालाकार राम नेपालीले राजनितिक परिबर्तनमा दलितहरुको मुख्य र अग्रेणी भुमिका भएपनि आन्दोलनको भर्याङ्ग मात्र बनाउने काम राज्यले गरेको सो अबसरमा उल्लेख गर्नुभयो । कार्यक्रममा पुस्तका सर्जक तथा लेखक झलक बिस्वकर्मा(कुमार)ले पहिलो संबिधानसभा बाट संबिधान जारी हुन नसक्नु दलितहरुका लागि दुर्भाग्य भएकोे उल्लेख गर्नुभयो । पहिलो संबिधानसभामा माओबादीले उठाएको दलित अधिकारको बिषय स्थापित हुन नसक्नु दलितहरुका लागि ठुलो घाटा भएको उहाँको भनाई थियो । समानान्तर साहित्यीक मञ्च पोखराले आयोजना गरेको लोकार्पण कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक कृष्ण सुनार ले पुस्तकले देशको दलितहरुको बास्तबिकता निकालेको उल्लेख गर्नुभयो । संस्थाको अध्यक्ष विश्वराज रसायलीको अध्यक्षतामा भएको कार्यक्रममा उदयचौर दुग्ध, काण्डको सङ्घर्षमा प्रत्यक्ष सहभागी धनमाया विश्वकर्माले किताव अहिलेको अबस्थामा थप आबस्यक र समय सान्र्दभिक भएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल दलित पार्टीका जिल्ला अध्यक्ष दुर्गाबहादुर सुनार,फेडो कास्कीका अध्यक्ष लक्ष्मी पोखरा महानगरपालिकाका कार्यपालिका सदाय दिपक घिमिरे , दलित अभियन्ता तथा मजदुर नेता तिलक विश्वकर्मा, कवि तथा साहित्यकार धनबहादुर नेपाली, वडा सदस्य गोमादेवी परियार लगायतले पुस्तकको बारेमा परिचर्चा गरेका थिए । पुस्तकमा बिभिन्न ३२ वटा बिषय राखिएको छ ।