रवि लामिछानेको म्याद थपअघि पोखरामा आन्दोलन गर्दै रास्वपा
गण्डकी सन्देश सम्वाददाता
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई म्याद थपका निम्ति अदालतमा पेस गर्ने दिन पोखरामा सशक्त आन्दोलन गर्ने तयारी गरेको छ । त्यसका निम्ति रास्वपा नेताहरू पोखरा आउने क्रम सुरु भएको छ ।
पार्टी उपसभापति तथा आन्दोलन सञ्चालन समितिका संयोजक डीपी अर्यालले आफूहरूको आन्दोेलन मंगलबार (भोलि) पोखरामा हुने जानकारी दिए ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते लामिछानेलाई पक्राउ गरिएको हो । लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको छ ।
लामिछानेका निम्ति थपिएको म्याद कात्तिक १४ गते नै सकिएको छ । तर, कात्तिक १५ देखि तिहार बिदाका कारण अदालत नखुलेकाले प्रहरीले उनलाई मंगलबार पुनः म्याद थपका निम्ति अदालतमा पेस गर्दै छ । रास्वपाले भने म्याद थपका लागि लैजाने दिन पोखराकेन्द्रित आन्दोलन चर्काउने तयारी गरेको छ ।
उपसभापति अर्यालका अनुसार, रास्वपाको आन्दोेलन मंगलबार म्याद थपको दिन भएकाले पोखरामा गरिने भए पनि रविको थुना वा रिहाइले यो रोकिने छैन ।
“हामी आन्दोलनका एजेन्डा र स्वरूपमा होमवर्क गरिरहेका छौँ । भोलि (मंगलबार) पोखरामा आन्दोलन हुन्छ । त्यसपछि कहाँ र कसरी आन्दोलन सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्छौँ,” अर्यालले भने, “सहकारी ठगीमा परेकाहरूको बचत फिर्ता गर्न यो सरकारले कुनै कदम चालको छैन । त्यसका लागि हामी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारीमा छौँ ।”
उनले मंगलबारको आन्दोलनका निम्ति केही नेता पोखरा पुगिसकेका र आफू भने काठमाडौंमै रहेको जानकरी दिए । आफू आवश्यकताअनुसार पोखरा जाने वा नजाने निर्णय गर्न छलफल भइरहेको उनले बताए ।
तनहुँमा चितुवाको आक्रमणबाट मंगलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घरदेखि तल...
Read More
गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले जिल्लामा लोकप्रिय बजेट बिनियोजन गर्नु भएको छ ।हालै नया सरकार गठन भएपछि मन्त्री नियुक्त हुनुभएको मन्त्री अधिकारीले बजेट बिनियोजनमा सक्रिय...
Read More
पोखरा ।आफ्नो जन्मदिनको अबसर पारेर बिस्व बाताबरण जोगाऊ भन्ने अभियान अन्र्तगत अहिले बिवभरी बृक्षारोपण अभियान चलिरहेको छ । लमजुङ्ग जिल्लाका केही अभियन्ताहरुले सूरु गरेको यो अभियानमा गण्डकी प्रदेशका माननीय...
Read More
६ भदौ, पोखरा । स्याङ्जामा खटिएर पोखरा फर्किएका थप ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस ९कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्याङ्जामा खटिएर पोखरा फर्किएका प्रदेश सशस्त्र...
Read More