इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्युु
एजेन्सी
पुर्वी इन्डोनेशियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन्। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ।
फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।
ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित षेत्रका बासिन्दाहरूले आफूहरू भयभीत भएको बताएका छन्।
इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताएका छन्। उनका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ।
एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ।
ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन्।
ज्वालामुखीमामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको केन्द्रविन्दुको सात किलोमिटर दायराभित्र केहि गतिविधिहरू नगर्न निर्देशन दिएको छ।
पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रुपमा वृद्धि भई घरहरुमा क्षति गरे पछि स्थानीयले साम्प्रदायिक भवनमा शरण लिएका छन्।
ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयहरूलाई मास्क लगाउन आग्रह गरेको छ।
७ भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला,...
Read More
वैशाख ४ काठमाडौँ । तीन महिनादेखि विश्वका २१० देशमा कोरोना भाइरसको महामारी व्याप्त छ । कोरोना भाइरसबाट संक्रमितमध्ये ५ लाख १० हजार ४६ जना संक्रमितको उपचार सफल भएको विश्व...
Read More
सन्तोष तिमिल्सिना काठमाडौ प्रवासी नेपालीहरुको साझा संस्था एनआरएनएको ११ औं महाधिवेशनका लागि पूनः अध्यक्षमा उम्मेदवार दिएकी रविना थापाले आफु नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोवल फण्ड´स्थापना गर्ने जस्ले नेपाल र...
Read More
पोखरा, असार १७ । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षका लागि बिनियोजित बिकास बजेट करिव ३७ करोड बराबरको रहेको छ । यो बाहेर नियमित योजनाहरु अलग्गै रहेका छन...
Read More