एशियाली विकास बैंकको निमन्त्रणामा संयुक्त राष्ट्र संघ मानव बसोबास कार्यक्रम तथा ईजिप्ट सरकारद्वारा आयोजित “दिगो शहरी विकास र मानव बसोबास सम्बन्धी विश्वव्यापी छलफल“ कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य इजिप्टको राजधानी कायरो जानु भएको छ ।
मेयर आचार्य बक्ताका रुपमा भाग लिन आइतबार कायरो प्रस्थान गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । “सबै कुरा घरबाट सुरु हुन्छः दिगो शहर र समुदायका लागि स्थानीय क्रियाकलाप“ भन्ने नाराका साथ १५० भन्दा बढि राष्ट्रहरुको सहभागीतामा हुने कार्यक्रम नोभेम्बर ४ देखि ७ गते सम्म संचालन हुने भएको बताइन्छ । भ्रमणका क्रममा जलवायु परिवर्तन, एशियाली विकास बैंकको लागत साझेदारीमा सञ्चालित परियोजनाहरूको प्रगति, आगामी कार्यहरू, सम्भावित अवसरहरूको पहिचान तथा लगानी सुनिश्चितताको विषयमा छलफल हुने भएको छ ।
यस कार्यक्रम पोखराको दिगो विकास र ठूला परियोजनाहरूका अगाडि बढाउन अत्यन्त सहयोगी हुने मेयर आचार्यले विश्वास व्यक्त गर्नु भयो । साथै कार्यक्रमका दौरानमा विकास साझेदार संस्थाहरूको सहयोगमा पोखरामा संचालित तथा संचालनका लागि अगाडि बढेका २८ अर्बभन्दा बढीका परियोजनाहरुको प्रभावकारी कार्यन्वयनका लागि दातृ निकायका प्रतिनिधि संग कुराकानी हुने उहाँले जनाउनु भयो ।
काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५...
Read More
काठमाडौँ । आगामी वैशाख १७ गते ४० वटा जिल्लामा र २७ गते ३७ वटा जिल्लामा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ ।प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपनि विद्यादेवि भण्डारीले प्रतिनिधिसभा...
Read More
काठमाडौं : विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् । अलजजिरा न्यूज नेटवर्कको एक भिडियो...
Read More
आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा वस्तु...
Read More