शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति यादव
गण्डकी सन्देश सम्वाददाता
काठमाडौं ,उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् । सोमबार उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उपराष्ट्रपति यादवले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरूप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिष्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेको समेत उल्लेख गरे । उनले समाजका सबैमा समानताको भावना जागृत गर्न एवं देशको विकास र समृद्धिमा सहयोग गर्न पनि शिक्षालाई परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए ।
शिक्षा भनेको समाजको आधारभूत स्तम्भ भएको बताउँदै उपराष्ट्रपति यादवले शिक्षाले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने बताए ।
राष्ट्रिय स्वास्थ्यकर्मी माहासंघ नेपाल र नेपाल निजामती कर्मचारी संगठन रुपा गाउपालिका कमिटिको प्रथम अधिबेशन बाट सर्बसम्बत रुपमा कमिटी चयन भएको छ। साथै आजै दुबै कर्मचारी संगठनको अधिबेशन सम्पन्न भयको...
Read More
वैशाख ३१ काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेको छ। मंगलबार एकै दिन ८३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७...
Read More
रुपा गाउँपालिकामा साहित्य, कला तथा संस्कृतिको सम्बर्धन र प्रवर्धनको लागि स्थापित रूपा वाङ्मय प्रतिष्ठानले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ । उक्त कार्यक्रमले गितकार आदर्श पोखरेलको अध्यक्षतामा ११ सदस्यीय...
Read More
म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३...
Read More