लैङगिक हिंसा, लागू औषध र ट्राफिक सचेतता कार्यक्रम सम्पन्न।
गण्डकी सन्देश सम्वाददाता
पोखरा , पौष १९, नागरिक परोपकार समन्वय संस्था कास्कीको आयोजना र लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको समन्वयमा कास्कीको , रुपा गाउँपालिका वडा नं. २ थुम्की स्थित श्री शिवालय माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थी र स्थानियलाई लागु औषध, लैङगिक हिंसा, ट्राफिक सचेतता मुलक कार्यक्रम सम्पन्न भएको छ । सम्बन्धि विषयमा कानूनी सचेतनामुलक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको थियोे । नागरिक परोपकार समन्वय संसाथाका अध्यक्ष देवराज पन्थीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा रुपा गाउँपालिका उप-प्रमुख लाल सुब्बा गुरुङ को प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो। रुपा गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष राजन सुवेदी बिशिस्ट अतिथि रहेका थिए । ईलाक प्रहरी कार्यालय शिशुवा कास्कीका प्रमुख प्रहरी नायव उपरिक्षक श्रवण कुमार वि.क.ले प्रशिक्षण दिएका थिए । शिवालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपती ओझा, विद्यालयका प्रधानाध्यापक बुद्दी राम बि.क., लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाका कोषाध्यक्ष कृष्ण प्रसाद ओझा, नागरिक परोपकार समन्वय संस्थाका पधादिकारी एवम् कार्य समिति सदस्यहरु, बिद्यालयका शिक्षक शिक्षिकाहरु, स्थानिय अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो
कार्यक्रममा प्रमुख अतिथि लाल सुब्बा गुरुङले यस्तो प्रकारको कार्यक्रम रुपा २ थुम्किमा पहिलो पटक भएकोमा आयोजक लाई धन्यवाद ज्ञापन गरेकी थिइन । साथै रुपा २ का वडा अध्यक्ष राजन सुबेदीले नागरिक परोपकार समन्वय सस्थालाइ आगामी दिनमा सक्दो आर्थिक सहयोग प्रदान गर्ने वचन दिदै आयोजक प्रती आभार प्रकट गरेका थिए । सस्थाका सचिब तथा कार्यक्रम सम्योजक शिबराज सुबेदिले कार्यक्रमको संचालन र कार्यक्रम माथी प्रकाश पारेका थिए ।
पुटिनका सहयोगी भन्छन् : ३० दिने युद्धविराम युक्रेनी सेनालाई विश्रामको मौका मात्र होयो युक्रेनी सेनाका लागि अस्थायी विश्रामभन्दा ज्यादा केही पनि होइन,’ उसाकोवले भनेका छन्, ‘हाम्रो लक्ष्य भनेको शान्तिपूर्ण...
Read More
काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८०...
Read More
लेखनाथ , आधुनिक सुबिधा सम्पन्न पाेखराकाे चाउथेमा प्रधान कार्यालय रहेकाे सल्युट गाेर्खा ट्रेनिङ सेन्टरले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएकाे छ । बिगत लामो समयदेखी पोखरामा...
Read More
कास्की आदर्श समाज बहराईनको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले तिर्थ बहादुर भण्डारीको अध्यक्षतामा २१ सदस्यिए कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा पूर्ण बहादुर परियार,...
Read More