खुर्सानीको बोराभित्र लुकाएर लागुऔषध ओसारपसार, एक जना पक्राउ
गण्डकी सन्देश सम्वाददाता
काठमाडौं ,सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पर्साको वीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट सोमबार विभिन्न किसिमका लागुऔषधसहित एक जनालाई पक्राउ गरेको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षीय मिश्री राम रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो । भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाई/छिपाई राखेको डाईजेपाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराई ईन्जेक्सन ४ सय ९७ एम्पुल फेला पारेको हो । नियन्त्रणमा लिएका उनलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाइएको उनले बताए ।
लाइफकेयर डाइग्नोस्टिक प्रा.लि.ले कोरोना भाईरस कोभिड १९ को पिसिआर परीक्षण सुरु गरेको छ । गण्डकी प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट कोभिड–१९ (कोरोना भाइरस)को पिसिआर परीक्षण गराउन सुरु गरेको सञ्चालक...
Read More
मकवानपुर– राक्सिराङमा एक वृद्ध चेपाङ दम्पतीले पहिलो पटक आफ्नै पक्की घर पाएका छन् । ९२ वर्षीय जयराम र ८० वर्षीय लक्ष्मी चेपाङले नयाँ घर पाएका हुन् । नयाँ घर...
Read More
मंसिर १४, सिन्धुपाल्चोकको इन्द्रावती(८ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार केदारनाथ आचार्य विजयी भएका छन्। उनले ७ सय १२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसक अशोक...
Read More
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार पोखराका खोप केन्द्रहरुमा अनुगमन गरेका छन् । कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घन्टौंसम्म लाइनमा बस्नु परेको लगायत...
Read More