पौष १९ गते २०८१

अब कास्कीमा सवारी साधनको ट्रायल दिदा शुल्क तिर्न नपर्ने


सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिदा बाइक स्कुटर निशुल्क भएको छ । यातायाता ब्यबस्था बिभाग सवारीचालक अनुमति पत्र लिदा दिनुपर्ने प्रयोगात्मक परिक्षामा यस अघि निश्चीत शुल्क तिर्नुपर्ने ब्यबस्था रहेको थियो । त्यसैगरि अन्य सवारीसाधनमा पनि यस अघि लाग्दै आएको शुल्कमा ब्यापक कटौती भएको कार्यालय प्रमुख मिलन के.शीले जानकारी दिनुभएको छ । बिगतमा ट्रायल दिन कार प्रयोग गरेबापत ३०० सय रुपैयाँ शुल्क तिनुपर्ने थियो भने अबदेखि २४ रुपैयाँ मात्रै शुल्क तिरेर ट्रायलका लागि कार प्रयोग गर्न सकिने भएको छ । त्यसैगरि अब देखि निजि सवारीसाधनले पनि ट्रायल परिक्षामा सहभागि हुन पाउने ब्यबस्था गरिएको छ । चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला ३ सय रुपैयाँ तिर्नुपर्नेमा कार जिप ३४रुपैया ३२ पैसा मात्र शुल्क लिन सुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई धेरै राहत हुने कार्यालयले बताएको छ । ट्रायल दिने क्रममा हेभी सवारीका लागि लागि ७ सय रुपैयाँ लिने गरिएकोमा १ सय ५२ रुपैयाँ, मिनीबसका लागि पहिला ६ सय रुपैयाँ लिने गरिएको अब १ सय ७७ रुपैयाँ ३२ पैसा र ट्याक्टरका लागि ५ सय रुपैयाँ लिने गरिएकोमा अब १२७ रुपैयाँ २७ पैसा शुल्क लाग्नेछ ।यस अगाडि पुराना मोडलका गाडीहरुबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ । युरो मापदण्डका २०१९ मोडलका गाडीहरु ट्रायलमा राखिने ट्रायल ब्यबस्थापनको जिम्मेबारी पाएको सनराईज ड्राईभिङ्ग स्कुलका अध्यक्ष बशन्त भट्टचनले जानकारी दिनुभयो । उहाँका अनुसार पावर स्टेरिङ, एसि, पावर विन्डोज, एबिएस एण्ड इबिडी सिस्टम, एयर व्याग, ८ सय सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १ सय ८५ सिसी, व्याक सेन्सर लगायतका विशेषता भएका गाडीहरु ट्रायलमा राखिएको छ । साथै आफ्नै सवारी साधन हुने ले आफ्नै बाट दिन सक्नेछन । यो ब्यबस्था पछि सवारीचालक अनुमति पत्रका लागि सेवाग्राहीलाई राहत मिलेको अध्यक्ष भट्टचनले बताए ।