पोखरा । पोखरा महानगरभित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ। होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो। शुक्रबार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्षसमेत रहेका नगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो। यसले विद्यार्थीहरूलाई एसईई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उनको विश्वास छ।
‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै विद्यालयमा तल्लो तहका नियमित परीक्षाजस्तै सीमित भयो,’ उनले भने, ‘अब यसलाई उनीहरूको निकट भविष्यमा हुने विद्यालय तहको निकै महत्त्वपूर्ण मानिने एसईई परीक्षाको पूर्वअभ्यासका रूपमा विकास गर्नु पर्छ, ताकि विद्यार्थी मानसिक रूपमा पनि त्यसका लागि तयार होस्।’ यसो गर्दा कक्षा ८ का विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा नयाँ अनुभूति हुने र यो एसईई परीक्षाको पूर्वअभ्यासका रूपमा समेत महत्त्वपूर्ण हुने उनले बताए।
यसले अन्तरविद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीहरूसँग उनीहरूको भेटघाट, नवीन वातावरणमा सामञ्जस्य, आफ्नो विद्यालय र अन्य विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको अनुभूति लगायतमा विद्यार्थीहरूलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए। उनका अनुसार महानगरपालिकाले विद्यार्थीहरूको सिकाइ प्रवर्द्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आएको छ। सोही अनुसार आधारभूत तहको परीक्षा प्रणालीमा सुधारसहित यसलाई समयानुकूल बनाउन लागिएको उनले बताए।
शिक्षा समितिको बैठकले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरूलाई पायक पर्ने गरी ३३ वटा परीक्षा केन्द्र उपयुक्त हुने प्रस्ताव गरेको छ। तर, विद्यालय शिक्षाका सरोकारवाला (प्याब्सन, एन प्याब्सन, युनिप्स र पेशागत संघसंस्था) हरूसँग आवश्यक छलफल तथा परामर्श गरी यसलाई टुंग्याइने छ। परीक्षा केन्द्र तोक्दा सामान्यतया परीक्षा सञ्चालन प्रणालीको मापदण्डका आधारमा विद्यार्थीहरूलाई पायक पर्ने गरी नै तोकिएको समितिले जनाएको छ। यस वर्ष पोखरामा १० हजार ५२२ जना विद्यार्थीहरू कक्षा ८ को परीक्षामा सहभागी हुनेछन्। जसमा ६ हजार ५ सय संस्थागत विद्यालयका विद्यार्थी रहेका छन् भने, ४ हजार २२ जना विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन्। महानगरपालिकामा ८ हजार बढी विद्यार्थीहरू सामुदायिक विद्यालयहरूमा थपिएका छन् भने, यसलाई व्यवस्थित गर्न हरेक सामुदायिक विद्यालयमा बाल विकासका कक्षाहरू अनिवार्य गरिएको छ। यसले महानगरपालिका भित्रको शिक्षालाई व्यवस्थित गर्न र आधारभूत तहको शिक्षाको पहुँचमा सबै विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न मद्दत पुगेको छ।
राईनास, लमजुङ ।बैखाख १० । बिस्व महामारीको रुपमा देखा परेको कोविड १९(नोवल कोरोना) भाईरस बाट बच्ने पुर्ब तयारी स्वरुप लमजुङ को राईनास नगरपालिकाले बिदेश बाट आएका थप नागरीकहरुको र्यापिड...
Read More
गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले जिल्लामा लोकप्रिय बजेट बिनियोजन गर्नु भएको छ ।हालै नया सरकार गठन भएपछि मन्त्री नियुक्त हुनुभएको मन्त्री अधिकारीले बजेट बिनियोजनमा सक्रिय...
Read More
सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिएको छ। बुधबारदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत...
Read More
सन्तोष युरोपियन देश साईप्रसमा लोकतन्त्रमा विश्वास गर्नेहरुको साझा संगठन नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा मिश्र सर्बसम्मत रुपमा चयन हुनुभएको छ । जससको आज आईतवार भर्चुवल एवमं भौतिक रुपमा...
Read More