घुस नदिइकन काम बन्दैन, प्रधानमन्त्रीलाई यो कुरा कस्ले भनिदिने ? : सञ्चारमन्त्री गुरुङ
गण्डकी सन्देश सम्वाददाता
काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घुस नखुवाईकन नागरिकको कामै नबन्ने अवस्था रहेको बताउनुभएको छ । दीगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीले घुस खान्न र खान दिन्न भने पनिआम मानिस घुस दिँदा हैरान भइरहेको बताउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलेले ‘म पनि घुस खान्न, अरूलाई पनि खान दिन्न’ भने पनि नागरिकले घुस नखुवाइकन सजिलैसँग सरकारी सेवा नपाएको मन्त्री गुरुङको भनाइ छ । देशमा भ्रष्टाचार र घुस दिनुको पीडा नागरिकलाई मात्रै थाहा भएको र यो पीडा प्रधानमन्त्रीलाई थाहा नभएको सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।
‘घुस दिनुको पीडा जनतालाई थाहा छ नि, ठूला मान्छेलाई कसरी थाहा हुन्छ, मैले घुुस खाएँ भनेर भन्न कसैले आउँदैन । जनताले मैले उसलाई घुस दिए भन्नलाई प्रधानमन्त्रीकहाँ पहुँच नै पुगेको छैन । सामान्य मान्छेले प्रधानमन्त्रीलाई भेट्नै पाउँदैन,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री जिल्लातिर गएको बेला पनि कार्यकर्ताले घेरेर राख्ने र नागरिकले समस्या राख्नै नपाउने समस्या रहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ ।
सुन्दरबजार २ मा मतगणना सकिएको छ । नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याएर त्यसैगरि राप्रपा...
Read More
पोखरा,गण्डकी प्रदेशको सबै भन्दा बढी जनसंख्या भएको कास्की जिल्ला पनि पुर्ण कोरोना खोप जिल्ला बनेको छ । कोरोना भाईरसक संक्रमणको महामारीका बेला स्वास्थ्य मन्त्रालयको जिम्मेबारी सम्हाल्नु भएकी स्वास्थ्य तथा...
Read More
सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका...
Read More
नेकपा माओवादी केन्द्र सहितका ४ दलको संयुक्त मोर्चा समाजवादी मोर्चाको गण्डकी प्रदेश स्तरिय सन्देश सभा भोली भाद्र १५ गते पोखरामा हुने भएको छ । भोली पोखरा सभागृहमा हुने सभालाई...
Read More