नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन।’
आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन्। ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु।’
खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए। ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए। पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे।
राईनास, लमजुङ्ग , असार १३ । लमजुङ्गको राईनास नगरपालिकामा स्थानिय तहमा अनौठो प्रकारको मतपरिणाम आएपछि राजनितिक प्रभावका कारण त्यहाँको बिकासमा समस्या र्सिजना भएको छ । नगरका १० वडामा नेपाली...
Read More
नशा संबन्धी रोगबाट ग्रसित रन्जीत के.शी. को उपचारका लागि संकलित रकम उहाँको परिवारलाई हस्तान्तरण गरिएको छ । पोखरा टेलिभिजनले सुरु गरेको सहयोग अभियानको पहीलो चरणमा संकलन भएको रकम हस्तान्तरण...
Read More
चैत २६ काठमाडौँ । कोरोना भाइरको संक्रमणबाट छिमेकी मुलुक भारतमा एकै दिन २४ जनाको ज्यान गएको छ। यो सँगै भारतमा ज्यान गुमाउनेको संख्या १६० पुगेको भारतीय स्वास्थ्य विभागले जनाएको...
Read More
पोखरा,ऋग्वैदिक हिमालय प्रथम अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । कार्यक्रममा बैदिक ज्ञान तथा आधुनिक समाज विज्ञानसँग सम्बन्धीत विज्ञहरुबाट हिमाली समाज र संस्कृतिका वारेमा खोज तथा अनुसन्धानात्मक विचार तथा कार्यपत्रहरु...
Read More