पौष २९ गते २०८१

रबिलामिछाने लाई काठमाडौ जिल्ला अदालतमा बहसको लागि लगियो। आज थुनछेक बहस हुने।

रबि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। आइतबार स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दायर भएपछि जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको थुनछेक बहस हुन नसकेपछि प्रहरीको जिम्मा लगाउने आदेश भएको थियो ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।

आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए ।

उनिहरुलाइ लामिछानेको बयान अध्ययन नगरेकाले बहस गर्न नसक्ने भनी इजलासमा कुरा उठाएपछि न्यायिक हिरासतमा पठाउने आदेश भएको थियो ।